राशिफलः आज (भदौ २०) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको २० गते बुधबार, भाद्र कृष्णपक्षको सप्तमी तिथि उप्रान्त अष्टमी तिथि । आज श्रीकृष्णजन्माष्टमी रहेको छ । साथै आज मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस रहेको छ । 

मेष 
पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने छ । विशेषगरी आफुले गरेका कामको कदर हुने छैन भने भएगरेका साना गल्तिको पनि अधिक आलोचना हुने छ । दाम्पत्य जीवनमा धैर्य भएर पाइला चाल्नु होला । आम्दानीका स्रोतहरु कटौति हुने छन् । अरुप्रति सहयोगि खालको व्यक्तित्व हुने छ । 

Advertisement

वृष
जीवनसाथिको भूमिकाका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । नयाँ सवारीसाधन खरिद गर्ने सोच आउने छ । मनोरञ्जनात्मक क्षेत्रमा खर्च बढ्ने छ । भाग्यको साथ रहेकाले कार्यसफलता मिल्ने छ । व्यक्तित्वमा दृढता कायम रहने छ । 

मिथुन
पेशागत जीवनमा अवरोधको सामना गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या देखिने छ । मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । शारीरिक कमजोरीले सताउने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय भने छैन् ।

कर्कट
पेशागत जीवन औसत खालको हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । कडा शैलीको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । रिस पनि धेरै उठ्ने भएकाले संयमित रहनु होला । 

सिंह
पेशागत क्षेत्र मध्यम रहने छ । स्वास्थ्य समस्याका कारण अस्पतालजन्य खर्च हुने छ । शारीरिक कमजोरीले सताउने छ । मनोबलमा पनि कमि आउने छ । घर परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । खासगरी पैतृक सम्पत्तिको प्रयोगका विषयमा आपसमा कुरा मिल्ने छैन् । धेरै जोखिमले भरिएको कार्य भन्दा औसत रुपमा अघि बढ्नु उपयुक्त हुने देखिन्छ ।

कन्या
पेशागत जीवनमा अवरोधहरु देखा पर्ने छ । राम्रो गर्दा गर्दै पनि अनावश्यक आरोप प्रत्यारोप खेप्नु पर्ने छ । तर पेशागत सिलसिलामा विदेश यात्राको अवसर प्राप्त हुने छ । आर्थिक रुपमा तनावको अवस्था निम्तिने छ । शान्त खालको व्यक्तित्व हुने भएकाले प्रतिकुल अवस्थामा पनि संयमित हुने तागत मिल्ने छ । 

तुला
पेशागत जीवन स्थिर रहने छ । आर्थिक पक्ष औसत रहने छ । बोलीमा संयमित रहनु होला, झैझगडा हुन जाने छ । यात्रामा सोचे जस्तो सफलता हुने छैन् । भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । यसले गर्दा मनमा उत्साहको कमि देखिने छ । बौद्धिकतामा कमि आउँदा आफ्नो ओहोदा अनुसारको व्यावहार हुन सक्ने छैन् । बोलीमा रुखोपना आउने छ । 

वृश्चिक
पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नुपर्ने भएकाले संयमित रहनु होला । व्यापार व्यवसायमा रहेकाहरुले धेरै जोखिम नलिनु होला । एकलकाँटे स्वाभाव देखिने छ । बौद्धिकताको मात्रामा भने केही बृद्धि हुने छ । तर क्षमता अनुसार अवसर प्राप्त नहुँदा मनमा निराशाले सताउने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट देखा पर्ने छ । 

धनु 
पेशागत जीवनमा भने समस्याहरु देखापर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । यात्रामा जाने अवसर प्राप्त हुने छ । परिवारमा मिलनको वातावरण हुने छ भने दाम्पत्य जीवनमा रोमाञ्चकता आउने छ । रोगव्याधीजन्य विषयमा सतर्क रहनु होला । नराम्रा सपनाले सताउने छ । सन्तानबाट सुख प्राप्त हुने छ ।

मकर 
पेशागत जीवन र आम्दानीमा नयाँ फड्को आउने छ । पारीवारिक मिलन हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । पुराना मित्रहरुसँग मिलन हुने र सहसहयोगको वातावरण बन्ने छ । आर्थिक खर्च भने बढ्ने छ । दाम्पत्य जीवनमा मधुरता कायम हुने छ । चतुर प्रकृतिको व्यक्तित्व हुने छ ।

कुम्भ
पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु राम्रो होला । मनमा दुविधाले सताउने हुँदा निराशाका भावले पिरोल्ने छ । जोखिम लिन नसक्ने खालको स्वाभाव देखा पर्ने छ । प्रेममय वातावरण हुने छ ।

मीन
पेशाप्रतिको तिब्रतामा बृद्धि हुने छ । गरेका कामको कदर मिल्ने छ । भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुको हकमा फाइदा मिल्ने देखिन्छ । यात्रामा समस्या आउने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement