राशिफलः आज (भदौ २२) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको २२ गते शुक्रबार, भाद्र कृष्णपक्षको नवमी तिथि । आज निजामति सेवा दिवस रहेको छ भने आज नै शिक्षा तथा साक्षरता दिवस रहेको छ ।

मेष 
मिठा भोजन गर्न पाइने छ । भाग्यको बलियो भुमिका रहेकाले मनमा दृढताको मात्रा ह्वात्तै बढ्ने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवादका क्रम देखा पर्न जाने भएकाले सतर्क रहनु होला । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ भने राखेका लक्ष्यहरु पुरा हुने छन् । 

Advertisement

वृष 
स–साना विषयमा पनि झ्वाक चल्ने स्वाभाव देखा पर्ने छ । मनमा दुविधाको क्रम बढ्ने भएकाले यो गरौँ कि त्यो गरौँ भन्नेमा निर्णय लिन कठिनाई उत्पन्न हुने छ । समय प्रतिकुल रहेकाले धैर्य भएर कदमहरु चाल्नु होला । सुख सुविधामा कमि आउने छ । प्राप्त जिम्मेबारीमा निभाउन अवरोधको सामना गर्नु पर्ने छ । समकक्षीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु होला ।

मिथुन 
भाग्य बलियो भएकाले समय सकारात्मक छ । दृढतामा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । लिइएका लक्ष्य एवं सपनाहरु पुरा हुने तर्फ जाने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । आधारभूत भन्दा शौखिन खालका सामानको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ । 

कर्कट
निन्द्रामा समस्या देखा पर्दा मनोबलमा कमि आउने छ । यसले निर्णय क्षमतामा कमि ल्याउँदा अरुले निर्णय क्षमता नभएको व्यक्तित्वका रुपमा हेर्ने गर्ने छन् । पेशागत जीवनमा जोश तथा जाँगरको कमि हुने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि सकारात्मक हुने छ । 

सिंह
भाग्यको बलियो साथ रहेकाले व्यक्तित्वमा प्रभावशाली क्षमता बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुले विश्वास गर्ने क्रममा बृद्धि हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । परिवारमा मिलन हुने छ । 

कन्या
भाग्यको बलियो साथ हुने हुँदा आँटेका कामहरु पुरा हुने छन् । चलाख खालको व्यक्तित्व हुने छ । परिवारको साथ रहने हुनाले कठिन अवस्थामा पनि संहालिन मद्धत पुग्ने छ । पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले नआत्तिइकन अघि बढ्न दृढ संकल्पित हुनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिने छ । 

तुला 
समय जोखिम लिने खालको छैन् । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । परिवारमा द्वन्दात्मक अवस्था आउने छ । भाग्यको साथ नरहेकाले गरेका कामहरु सफल नहुने भएकाले उत्साह र उमङ्गमा कमि ल्याउने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा आफैले जानेका विषयमा पनि अन्योलता छाउने छ ।

वृश्चिक
रोजगारी तथा ब्यावसायिक कार्यमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । पेशागत क्षेत्रमा सोचे अनुसारको कदर नहुँदा मनमा निराशाका भाव आउने छ । 

धनु 
अरुको विश्वास जित्न सकिने छ । पेशागत जीवनमा रहेका बिबादहरु समाधानतर्फ जाने छन् । साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ । मनमा आउने केही दुविधाले निर्णय क्षमतामा कमि ल्याउँदा गरि आएका कार्यहरुमा पनि कार्यक्षमतामा केही कमि हुने छ । 

मकर 
परिवारमा मिलन हुने छ । दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । तर स–साना विषयमा पनि झैझगडाको अवस्था आउने हुँदा यसबारेमा सतर्क रहनु होला । लिइएका लक्ष्य आँशिक पुरा नहुने भएकाले धेरै महत्वाकांक्षी नबनि व्यावहारिक योजनाहरु बनाउनु उपयुक्त हुने छ । गुप्तर क्षेत्र तथा कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई अनुकुल समय छ ।

कुम्भ 
मेहनति र पराक्रमी स्वाभावले गर्दा कार्य सफलता मिल्ने छ भने त्यसले आम्दानीमा पनि बृद्धि हुन जाने छ । पारिवारका सदस्यहरुले आफुले गरेको कामको कदर र प्रशंसा गर्ने छन् । शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले अरुले पनि मन पराउने छन् । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही अवरोधहरुको सामना गर्नु पर्ने भएता पनि धेरै नकारात्मक अवस्था भने आउने छैन् । 

मीन
आत्माबल बलियो हुनाले मनमा उत्साह र उमङ्ग कायम रहने छ । बोलीको प्रभाव बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement