राशिफलः आज (असोज १) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको १ गते सोमबार, भाद्र शुक्लपक्षको तृतीया तिथि । आज आश्विन संक्रान्ति, आश्विन महिना आरम्भ । आज हरितालिका तीज रहेको छ । साथै आज विश्वकर्मा पूजा, गणेश चतुर्थी व्रत तथा वास्तु दिवस रहेको छ ।

मेष 
उत्साह उमङ्गमा पनि मनमा प्रफुल्लता हुने छैन् । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा, मांस पदार्थ जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्रबाट सफलता मिल्ने छ ।

Advertisement

वृष
भक्तिभाव बढ्ने छ । भाग्यको साथ रहेकाले कतिपय विषय बिग्रिन खोज्दा खोज्दै पनि संहालिने छ । आम्दानीमा गिरावट आउँदा त्यसले मनमा र आन्तरिक चतु¥याईँमा नकारात्मक असर पार्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ ।

मिथुन 
पारीवारिक सांस्कृतिक गतिविधिमा खर्च गर्न मन लाग्ने छ । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

कर्कट
अनावश्यक कडा खालको व्यक्तित्व हुनेछ । तर पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर क्षेत्र मध्यम हुने छ । 

सिंह
रमाईलोको क्षणमा पनि मनमा असन्तोष रहने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय कठिन देखिन्छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

कन्या
अकस्मात लाभ मिल्ने छ । पेशागत जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । मनमा दुविधा अत्याधिक आउन जाँदा निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

तुला
मनमा उदासिनता आउने छ । समय प्रतिकुल रहेकाले धैर्यता नगुमाई पाईला चाल्नु होला । प्रतिष्पर्धीले धेरै पेल्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ । पेशागत र व्यावसायि जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला । शेयर क्षेत्रबाट लाभ हुने छ । 

वृश्चिक
सहयोगि स्वाभाव हुने छ भने दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस कडा उत्पन्न हुने भएकाले रिस नियन्त्रणमा विशेष ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने भएकाले बेलैमा सचेत भएर अघि बढ्नु होला । दाम्पत्य जीवनको विषयमा मनमा चिन्ता बढ्न पुग्ने छ । पेशागत तथा व्यावसायिक जीवनका यात्रा उतार चढावपूर्ण देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

धनु 
चतुरतामा बृद्धि हुने छ । तर रिस पनि कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन पुग्ने छन् । पेशागत जीवन अनुकुल रहँदा समेत आफुलाई भाग्यले साथ नदिएको जस्तो आभाष भइरहने छ । यस विषयमा सचेत रहनु होला । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मकर 
राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले भावना बुझ्ने छैनन् । भाग्यको साथ रहेको छैन् । त्यसले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु होला । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र मध्यम रहने छ । 

कुम्भ 
चिन्तित खालको व्यक्तित्व बन्ने छ । अध्ययनमा मन जाने छैन् । मनोबल कमजोर हुनेछ । रक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला । पारीवारिक जीवनमा सकारात्मकता थपिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय छ । शेयर क्षेत्र सकारात्मक बन्न सक्ने छैन् ।

मीन
एकलकाँटे स्वाभाव आउने छ । पेशागत जीवन अस्थिर बन्ने छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने जोखिमपूर्ण रहेकाले सतर्क भइ पाइला चाल्नु होला । भाग्यहिनताको आभाष हुन जाने छ । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement