राशिफलः आज (असोज १०) तपाइँलाई पेशा, व्यवसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको १० गते बुधबार, भाद्र शुक्लपक्षको त्रयोदशी तिथि । आज विश्व पर्यटन दिवस रहेको छ ।

मेष 
पेशागत क्षेत्रमा उचारचढावको अवस्था आउने देखिकाले धेरै जोखिपूर्ण कदममा नजानु ठिक हुने छ । घर, घडेरी तथा गाडि, बाहन बेच्नु पर्ने वा यसबाट नोक्सानी हुने समय रहेकाले संयमित रहनु होला । धेरै उत्साही र धेरै नैराश्य बनि कदम चाल्ने बेला भन्दा औसत गति लिँदा उपयुक्त हुने छ । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

Advertisement

वृष
पेशागत क्षेत्रबाट फाइदा प्राप्त हुने छ । व्यावसायिक जगतमा रहेकाहरुलाई पनि फाइदा हुने समय रहेको छ । साझेदारीमा गरिएका काममा भने असमझदारी देखा पर्न जाने छ । सुख सुविधा प्राप्तिका लागि अग्रसत हुने उत्साह जाग्ने छ । रिस नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

मिथुन 
पेशागत क्षेत्र स्थिर रहने छ । व्यावसायमा संलग्नहरुलाई पनि फाइदा मिल्ने समय रहेको छ । परिवारमा भने असमझदारी देखा पर्ने छ । बाठो तथा आत्माबलले भरिएको दृढ खालको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । शेयर क्षेत्र हल्का रुपमा सकारात्मक बन्न पुग्ने छ । 

कर्कट
पेशागत जीवनमा अवरोधहरु धेरै आइपर्ने छन् । भाग्यको साथ नभएकाले धेरै जोखिमपूर्ण कदमहरुमा नजानु नै उपयुक्त हुने छ । समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने खालको छ । मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । शेयर कारोवारमा संयमित रहनु नै उपयुक्त मानिने छ । 

सिंह
भाग्य बलियो भएकाले पेशागत क्षेत्रमा शुभ हुन खोजेता पनि बढि उत्साही हुने बेला छैन् । पेशागत क्षेत्रमा धेरै जोखिमले भरिएका कदमहरु नचाल्दा उपयुक्त हुने देखिन्छ । बोली प्रभावहिन हुन पुग्ने छ । स–सानो विषयलाई पनि धेरै संवेदनशिल दृष्टिबाट लिने हुनाले छिट्टो निराशाका भावहरु मनमा देखा पर्ने छन् । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

कन्या
पेशागत क्षेत्रमा स्थिरता प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुन जाने छ । चतुर खाले व्यक्ति हुने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । पारीवारिक जीवनमा झैझगडाको अवस्था आउने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा कमि गराउने छ । शेयर कारोबार प्रतिफलदायी रहने छ । 

तुला
पेशागत क्षेत्रबाट आम्दानीमा हल्का बृद्धि हुन पुग्ने छ । तर पेशागत जीवन अस्थिर रहने चुनौति देखा परेको छ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई परिचालन गरि अघि बढ्न खोज्नु उपयुक्त हुने छ । शारीरिक र मानसिक थकान धेरै देखा पर्ने छ । शेयर कारोवार औसत तर केही सकारात्मक रहने छ । 

वृश्चिक
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत क्षेत्रमा गुमाउनु पर्ने अवस्था रहेकाले सतर्क रहनु होला । धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरतामा जाँदा ठिक हुने छ । बोली प्रभावकारी बन्ने छ, यसले कार्य सफलतामा सहयोगी बन्ने छ । मनमा दुविधाहरुका क्रम धेरै रहने छ । शेयर कारोवार प्रतिफलमुखी रहने छैन् । 

धनु 
पेशागत क्षेत्रमा धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा वर्तमानमा भइ आएका कार्यहरुलाई निरन्तरता दिँदा उपयुक्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट भने लाभ प्राप्त हुने छ । शारीरिक कमजोरीले पेल्ने छ । जसले गर्दा मनोबलमा कमि आउने छ । जीवनसाथिको सल्लाहमा अघि बढेमा केही मिल्ने छ । शेयर कारोवार नाफदायी हुने छैन् । 

मकर 
पेशागत जीवन स्थिर रहने छ । मनमा निराशाका भावले सताउँदा दुविधाका मात्रा बढ्ने छन् । बाहिरबाट हेर्दा अरुले आँटिलो खालको व्यक्तित्व अभाषा भने गर्ने छन् । रिस नियन्त्रणमा ध्यान दिनु होला । झै–झगडामा संलग्न हुने वा हुनु पर्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर कारोवार औसत प्रकृतिको रहने छ ।

कुम्भ 
पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिम भन्दा निरन्तरतामा ध्यान दिँदा उपयुक्त हुने छ । विदेश यात्राका विषय स्पष्ट बन्दै जाने छन् । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट आडभरोसा प्राप्त हुने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार प्रतिफलमुखी रहने छ ।

मीन
भाग्यको बलियो साथ रहेकाले पेशागत जीवन स्थिर रहने छ । कमाईमा पनि केही बृद्धि हुन पुग्ने छ । पेशाप्रति समर्पित भई काम गर्न मन लाग्ने छ । प्रभावकारी बोली हुने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार बजार नाफादायी हुनेछ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement