राशिफलः आज (असोज ११) तपाइँलाई पेशा, व्यवसाय, आर्थिक कारोबारमा लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको ११ गते बिहीबार, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । आज अनन्त चतुर्दशी रहेको छ ।

मेष
झगडालु स्वाभाव देखिने भएकाले साना–साना विषयमा पनि द्वन्दात्मक अवस्थामा पुर्याउने छ । आर्थिक तनावको अवस्था आउने छ । स्वास्थ्यमा समस्या आउँदा दुःख पाइने छ । कुलतका वस्तुहरुबाट जोगिने प्रयास गर्नु होला । असल संगतमा जाने प्रयास गर्नु नै वाञ्छनीय हुने छ । 

Advertisement

वृष
धन सम्पत्ति नोक्सान हुने छ । धन माल चोरी तथा लुटपाट ुहने जोखिम देखिएकाले सतर्क रहनु होला ।  आर्थिक घाटा व्योहर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । परिवारको साथले मनोबल कायम रहने छ । बिगतका विषयमा मनमा पश्चाताप आउने छ । 

मिथुन 
वास्तविक भन्दा काल्पनिक विषयले मनमा डेरा जनमाउने छ । तर सृजनशिल सोच भने सकारात्मक रहने छ । कार्य सफलता मिल्ने छ । मनोबल उच्च भएको र दृढताले भरिएको छवि बन्ने छ । परिवारमा प्रेम र सहयोगि वातावरण बन्ने छ । पेशागत जीवन सकारात्मक नै रहने छ । 

कर्कट
आर्थिक व्यवस्थापनको चक्र बिथोलिने छ । कमाइका स्रोतहरुमा बाधा उत्पन्न हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । मनोबल कमजोर हुने र आत्तिने स्वाभाव हुने छ । जीवनसाथिको सल्लाह सहित अघि बढेमा राहत मिल्ने छ । 

सिंह
खर्च असाध्यै बढ्न पुग्ने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा आथिक अभाव भने हुने छैन् । पेशागत जीवनमा उत्साह जाग्ने छ । मनोबल कमजोर हुने हुँदा निर्णय क्षमतामा भने दुविधा उत्पन्न हुन जाने छ ।

कन्या
आर्थिक पक्ष सवल रहने छ । मित्रहरुको साथ र भरोषाले नयाँ नयाँ कामहरु आरम्भ हुने छन् । नसोचेको क्षेत्रबाट कार्यको अफर आउने छ । नयाँ पोशाक लगाउन पाइने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । झैझगडाको वातावरणबाट बच्ने प्रयास गर्नु नै ठिक हुने छ । पेशागत जीवन औसत खालको रहने छ । 

तुला
भाग्यहिनताको आभाष रहने छ । अपजस आउने हुँदा सकारात्मक सोचाईमा कमि आउने छ । नतिजा थोरै प्राप्त हुँदा जाँगरको अभाव हुने छ । धोकाको अवस्था रहने भएकाले विचार गरेर मात्र विश्वास गर्नु होला । परिवारमा झैझगडा उत्पन्न हुने छ । 

वृश्चिक
आर्थिक लाभ प्राप्त साचे भन्दा बढि प्राप्त हुने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ नयाँ काम गर्ने जोश जाँगर र अवस्था आउने छ र सफलता पनि मिल्ने छ । पारीवारिक वातावरण द्वन्दग्रस्त रहने छ । मनमा केही उदासिनताका मात्रा विद्यमान रहने छन् । 

धनु 
आर्थिक चक्र सन्तुलित हुने छ । पेशागत जीवनमा सकारात्मक धारणा र वातावरण आउने छ । यात्रा गर्ने अवसर मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभावका कारण प्रतिष्पर्धीहरुसँग भिड्ने तागत आउने छ । रिस नियन्त्रण भने गर्न जरुरी देखिन्छ । प्रेममा धोका हुने भएकाले विच्छिप्त अवस्थामा संयमित रहनु होला ।

मकर 
राजनीतिक तथा सामाजिक जीत हुने छ । समाजले उच्च मुल्यांकन गर्ने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा औसत खालको हुने छ । परिवारमा भने तनावको अवस्था आउने छ । स–साना विषयमा पनि झैझगडाको अवस्था आउने छ । 

कुम्भ 
आर्थिक लाभ प्राप्त हुने छ । चालेका कदमहरु सकारात्मक हुने छन् । मित्रहरुको साथले गर्दा सामुहिकता उत्पन्न हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोली रुखो हुने भएकाले ध्यान दिनु होला । 

मीन
उत्साही स्वाभाव हुने छ । आँटेका कुराहरु सकारात्मक बन्ने छन् । पेशागत जीवन सकारात्मक बन्ने छ । आर्थिक अवस्था पनि अनुकुल नै रहने छ । बोली प्रभावकारी हुने छ । परिवारमा भने अशान्ति उत्पन्न हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement