राशिफलः आज (असोज २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको २५ गते बिहीबार, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि । आज सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध । यस तिथि अर्थात दिनबाट कलियुगको आरम्भ भएको मानिन्छ । आज खलङ्गामा चन्दननाथको लिङ्गो ठड्याउने गरिन्छ ।

मेष 
मनमा उदासिनताले असाध्यै सताउने छ । पेशागत जीवन असन्तुलन आउने छ । प्रतिष्पर्धीले धेरै पेल्ने छन् । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ । पेशागत र व्यावसायि जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला । शेयर क्षेत्रबाट भने केही लाभ मिल्ने छ ।

Advertisement

वृष
आम्दानीका विषयलाई लिएर परिवारमा किचलो देखिन्छ । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । शेयर क्षेत्र शुभ रहने छैन् । 

मिथुन 
कमजोर मनोबल हुने छ । रक्तचापजन्य विषय तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । अध्ययन अध्यापनमा मन जाने छैन् । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला । पारीवारिक जीवनमा सकारात्मकता थपिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय रहेको छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् । 

कर्कट
दृढ खालको व्यक्तित्व हुने छ । झैझगडाको वातावरणबाट भने बच्ने प्रयास गर्नु नै उचत हुने छ । साझेदारीमा गरिएका काममा गम्भीर समस्या देखा पर्ने भएकाले बेलैमा सचेत भएर अघि बढ्नु होला । दाम्पत्य जीवनको विषयमा मनमा चिन्ता बढ्न पुग्ने छ । पेशागत तथा व्यावसायिक जीवनका यात्रा उतार चढावपूर्ण देखिन्छ । शेयर क्षेत्र भने अनुकुल रहने छ ।

सिंह
पेशागत जीवनमा अस्थिरता आउने छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने बढि जोखिमपूर्ण समय सक्रिय रहेकाले सतर्क भइ पाइला चाल्नु होला । भाग्यहिनताको आभाष हुन जाने छ । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ । शेयर क्षेत्रमा घाटा व्योहर्नु पर्ने छ । 

कन्या
भाग्यको साथ घट्ने छ । त्यसैले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु नै उचित हुने छ । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र भने आंशिक शुभ रहने छ । 

तुला
मनमा दुविधा बढ्दा निर्णय क्षमतामा कमि हुने छ । पेशागत  जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट आशातित लाभ मिल्ने छैन् । 

वृश्चिक
आम्दानीमा गिरावट आउँदा आर्थिक चक्रमा असन्तुलन आउने छ । मनमा र आन्तरिक चतु¥याईँमा पनि कमि आउने छ । भाग्यको साथ रहेकाले कतिपय विषय वस्तु बिग्रिन खोजे जस्तो हुँदाहुँदै पनि सारै प्रतिकुल भने हुने छैन् । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट आंशिक फाइदा मिल्ने छ । 

धनु 
दृढ व्यक्तित्व हुने छ । तर पारीवारिक जीवनमा कटुताले द्वन्दात्मक अवस्था निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर क्षेत्र औसत रहने छ । 

मकर 
मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ । शेयर क्षेत्रबाट प्रतिफल हुने छैन् । 

कुम्भ
मनमा निराशा छाउने छ । खुशी तथा दुःखको क्षणमा मनको तिब्रता अत्याधिक हुने छ । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र सकारात्मक हुने छ ।

मीन
पेशागत जीवन अनुकुल रहने छ । बाठो खालको व्यक्तित्व हुने छ । मनले आँटेका कामहरु अघि बढाउन भने केही संघर्ष गर्नुपर्ने छ । यस विषयमा सचेत रहनु होला । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement