राशिफलः आज (असोज २९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको २९ गते सोमबार, आश्विन शुक्लपक्षको द्वितीया तिथि । आज नवरात्र अन्तर्गतको दोस्रो दिन ।

मेष 
अरुले कदर गर्ने छन् । भाग्य बलियो छ । कमाईमा केही बृद्धि आउने छ भने खर्चको मात्रा पनि बृद्धि हुने छ । पेशागत जीवन सकारात्मकतर्फ अघि जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुनेछ । तर मनमा एक खालको पीरले सताउने छ । शेयर क्षेत्र औसत रहने छ । 

Advertisement

वृष 
सोच भन्दा धेरै खर्च बढ्न पुग्ने छ भने आम्दानीमा गिरावट आउने छ । बोलीको प्रभावकारीता कमजोर बन्ने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा अपेक्षा गरे अनुसार लाभ मिल्ने छैन् । समय चुनौतिपूर्ण रहेकाले धैर्य रहनु होला । शेयर क्षेत्र पनि अनुकुल रहने छैन् । 

मिथुन 
पेशागत जीवनमा उन्नति हुने र पदोन्नतिको संकेत मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने विवाद निम्तिने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो वा झैझगडाको अवस्था आउने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

कर्कट
भाग्यको बलियो साथ रहेकाले यसअघि बिग्रेका कामहरु पनि बन्ने तर्फ जाने छन् । मनमा भने निराशाका क्रम रही रहने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । तर खर्च धेरै हुने हुँदा आम्दानी बढाउनु पर्ने दबाबबाट गुज्रनु पर्नै छ । साझेदारीमा गरिएका काममा विवाद देखा पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

सिंह
पेशागत जीवनमा सुधार आई सकारात्मक नतिजाहरु आउने छ । आफु भन्दा माथिल्ला नेतृत्वको विश्वास प्राप्त हुने छ । बाठो खालको व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । साथिभाइ समूहको साथका कारण आँट र भरोसा आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

कन्या
पेशागत जीवन अस्थिरताको चक्रबाट अघि बढ्ने छ । व्यावसायिक क्षेत्रमा पनि अरुमाथि गरेको विश्वासमा घात हुने छ । आम्दानी भन्दा खर्च बढ्न जाँदा मनमा भारीपना आउने छ । प्रतिष्पर्धात्मक क्षमता भने कायम रहने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईमा पनि विचलित नहुने स्वाभाव हुने छ । शेयर क्षेत्र लाभदायी रहने छ ।

तुला 
पेशागत जीवनमा सुधार आउने छ । ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने छ । सामाजिक जीवनमा कदर मिल्ने छ । आर्थिक आम्दानीमा सोचे जस्तो बृद्धि नहुँदा परिवारमा दबाब सृजना हुन पुग्ने छ । बोलीको प्रभावकारीता बढ्ने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

वृश्चिक
भाग्यको साथका कारण आँटेका कुरा पुरा हुने छन् । परिवारमा केही किचलो देखिने छ । पेशागत जीवन सकारात्मक रहने छ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ । तर रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ ।

धनु 
पेशागत जीवनमा सोचे जस्तो हुने छैन् । मेहनत अनुसारका मुल्यांकन नहुँदा मनमा निराशाको क्रम देखिने छ । तर प्रतिष्पर्धात्मक क्षमता कायम हुँदा मनोबल भने कायम रहने छ । परिवारमा मिलन हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्था आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

मकर 
परिवारका सदस्यहरुले बलियो साथ दिने छन् । आम्दानीमा पनि बृद्धि हुने हुँदा उत्साह र उमङ्ग छाउने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने छ । पेशागत जीवन सन्तुलित हुने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक यात्राको अवसर पनि मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कुम्भ 
पेशागत जीवन सोच जस्तो हुने छैन् । पेशा, ब्यवसाय तथा कार्यालयसम्बन्धि विषयमा धैर्य भएर अघि बढ्नु होला । यात्राको अवसर प्राप्त हुने छ । रिस कडा हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । मनमा दुविधाका क्रमले गर्दा निर्णय क्षमतामा कमि आउने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मीन
व्यापारमा आवद्धहरुलाई लाभदायी बन्दै जाने छ । विदेशबाट स्वदेश फर्कने वातावरण हुने छ । आफु भन्दा ठुलाबडाको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ । यात्रा सहज भने हुन सक्ने छैन् । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement