राशिफलः आज (असोज ३०) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असोज महिनाको ३० गते मंगलबार, आश्विन शुक्लपक्षको तृतीया तिथि । आज नवरात्र अन्तर्गतको तेस्रो दिन ।

मेष 
मनोबलमा कमि आउने छ । पेशागत जीवनमा चुनौतिसँग जुध्नु पर्ने हुन्छ । खर्चको मात्रामा बढोत्तरी भए अनुसार आम्दानी नबढ्दा दबाब सृजना हुने छ । परिवारका सदस्यहरुले साथ दिने भएकाले कठिन घडिमा जुध्न मद्धत मिल्ने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छैन् । 

Advertisement

वृष
पेशागत भूमिकाको कदर हुनेछ भने लाभ मिल्ने छ । मिष्ठान्न भोजनको अवसर जुट्ने छ । भित्रि निर्णय क्षमतामा गिरावट आउने छ । मनमा दुविधाका क्रम पनि कायम नै रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

मिथुन 
यात्रारत हुनु पर्ने छ । पारिवारमा मिलन हुने छ । पेशागत क्षेत्रमा सन्तोषजनक उन्नति, प्रगति हुने छ । साथै आफू पनि पेशाप्रति केन्द्रीत हुने स्वाभावको हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ । 

कर्कट
आफ्नो भूमिकाको अरुले राम्रो रुपमा सकारात्मक मूल्यांकन गर्ने छन् । पारीवारिक जीवनमा पनि उचित कदर हुने छ । बौद्धिक व्यक्तित्व बन्दा बन्दै पनि अलि अव्यवहारिकपना आउने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

सिंह
सामाजिक व्यक्तित्व हुने छ । तर व्यक्तित्वमा कडापना पनि उत्तिकै हुने हुनाले गरेका कामको उचित कदर कम नै पाइने छ । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर खालका समस्या देखा पर्ने छन् । शेयर क्षेत्र भने सकारात्मक रहनेछ ।

कन्या
पेशागत जीवन स्थिर खालको हुने छ । आम्दानीमा झिनो बृद्धि हुने छ । परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्ना सपना, लक्ष्य तथा प्राप्ति परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना खालको हुने छ । शेयर क्षेत्र भने शुभ रहने छैन् । 

तुला
बोलीको प्रभाव कमजोर बन्ने छ । साना–साना उल्झनका कारण समय खेर जाने छ । भाग्यहिनताको अनुमूतिले निरन्तर पछ्याउने छ । पारिवारिक द्वन्दका कारण भेटघाटहरु नमिठा बन्ने छन् । मनमा अशान्तिले सताउने छ । पेशागत जीवन भने औसत खालको रहने छ । आम्दानीमा गिरावट आउने छैन् । शेयर क्षेत्रमा नोक्सान हुने छ । 

वृश्चिक
बोलीका कारण कामहरु बिग्रने छन् । मनमा उदासिनताले सताउने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न हरदम प्रयास गर्नुहोला । यात्रामा कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता पनि रहने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

धनु 
पेशागत  जीवनमा उतारचढाव आउने छ । आम्दानीमा पनि चुनौति देखिन्छ । कठिन क्षणमा पनि निरन्तर उभिने व्यक्तित्व भने हुने छ । धेरै जोखिम भन्दा औसतको यात्रा नै यतिखेर उत्तम हुने देखिन्छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा आउने छ । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ । 

मकर 
प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय सक्रिय छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जानेछ भने आम्दानी बढाउन बोली प्रभावले साथ दिने छ । यात्राको अवसर मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

कुम्भ 
भाग्य बलियो रहेको छ । शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिर हुने छ । बोलीमा कटुताका क्रम आउँदा अरुले त्यति राम्रो मान्ने छैनन् । शेयर क्षेत्र औसत खालको हुने छ । 

मीन
मिठो बोली हुने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नु पर्ने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित हुन मन लाग्ने छ । बाठो खालको व्यक्तित्व हुने छ । शेयर क्षेत्र धेरै औसत खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement