राशिफलः आज (कार्तिक २) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको २ गते बिहीबार, आश्विन शुक्लपक्षको पञ्चमी तिथि । आज नवरात्र अन्तर्गतको पाँचौ दिन । 

मेष 
प्रभावकारी बोली हुने छ । पेशागत क्षेत्रमा तिब्रता आउने र कामहरु थपिने छन् । व्यापारमा तिब्रता आउने र कमाईमा पनि बृद्धि हुने छ । तर पारीवारिक सदस्यहरुका बीचमा भने अविश्वास पैदा हुँदा स–साना विषयमा पनि उल्झनहरु आउने छ । यात्रामा समस्या हुने छ भने नयाँ नयाँ शिप सिक्नमा तिब्रता आउने छ । शेयर क्षेत्रमा धेरै जोखिम नलिएकै ठिक हुने छ । 

Advertisement

वृष
आम्दानीमा बृद्धि हुने छ । घर घडेरी जोड्ने विषयमा तिब्रता आउने छ । पेशागत जीवनबाट पनि लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । परिवारमा शान्ति आउने छ । आफ्नो लक्ष्य तथा सपना प्राप्तिका लागि जोड बलले सक्रिय रहने स्वाभाव हुने छ । बोलीको प्रभावकारीताका कारण  लोकप्रियता हासिल हुने छ । शेयर क्षेत्र भने जोखिमयुक्त रहने छ । 

मिथुन 
नरम भन्दा चर्काे शैलीको स्वाभाव देखा पर्दा आफ्नै मानिसहरु पनि बिच्किने छन् । बोलीकै कारण बन्न लागेका कामहरु पनि बिग्रन जाने जोखिम देखिएका कारण संयमित रहँदा नै उचित हुने देखिन्छ । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता रहने छ । परिवारमा किचलोको वातावरण रहने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

कर्कट
विचार र व्यवहारमा प्रष्टताको अभाव हुने हुँदा अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा बुझ्ने छन् । नरम खालको व्यक्तित्व हुने हुँदा अरुसँग मिलनसार स्वाभाव हुने छ । पेशागत क्षेत्र औसत खालको हुने छ तर आम्दानीमा गिरावट आउँदा आर्थिक असन्तुलन हुन जाने छ । साझेदारीमा गरिएका कामबाट लाभ प्राप्त हुने छ । शेयर क्षेत्र जोखिमपूर्ण रहने छ । 

सिंह
भाग्यको साथ रहेको छ । बोली मिठो खालको हुने हुँदा अरुको मन जित्न सकिने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नुपर्ने छ । सन्तानका गतिबिधिबाट आरोप सहनु पर्ने छ । मनमा दृढता आउने र बाहिरबाट पनि बाठो खालको व्यक्तित्व हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

कन्या
उर्जाशिल जीवन हुने छ । नयाँ नयाँ विचार र सोचाईहरु निरन्तर आउने छ । नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । पेशागत क्षेत्रमा नतिजामुखी काम गर्न नसक्दा विश्वासमा एक खालको कमि देखा पर्ने छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा प्राप्त हुने छ । शेयर क्षेत्र जोखिमयुक्त देखिन्छ ।

तुला
मनमा बिरक्तताले सताउने छ । तर भाग्यको साथ रहेकाले परिस्थिति भने बिग्रन पाउने छैन् । पारीवारिक जीवनमा कटुताको सामना गर्नु परेता पनि व्यवस्थापन हुन पुग्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । आर्थिक रुपमा भने केही दबाबको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

वृश्चिक
समाजमा अरुले कदर गर्ने छन् तर घर परिवारका सदस्यहरुले भने अवहेलना गर्ने छन् । पेशागत जीवनमा थप भूमिका प्राप्त हुने छ । पैसाको हिसावले धेरै आम्दानी नबढे पनि अन्य खालका आम्दानीमा बृद्धि हुने छ । विभिन्न खाले उपहार प्राप्त हुने छ । रिस नियन्त्रण गर्नु पर्ने भएकाले यसबारेमा संवेदनशिल रहनु होला । सवारीसाधन चलाउँदा ध्यान दिनु पर्ने देखिन्छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

धनु 
धनमा बृद्धि हुने छ । सामाजिक छविमा सुधार आउने छ । धर्म अध्यात्मप्रति तिब्रता आउने छ ।  पेशागत क्षेत्रमा धैर्य भएर अघि बढ्नु पर्ने छ । खर्च धेरै हुने तर सो अनुसार आम्दानीमा बृद्धि नहुँदा आर्थिक चक्रमा खलल आउने विषयले मनमा दबाब उत्पन्न गराउने छ । परिवारमा द्वन्द निम्तिने छ ।  शेयर क्षेत्र सकारात्मक बन्ने छैन् । 

मकर
सामाजिक जीवन सक्रियता बढ्ने छ । समाजको कदर र सम्मान प्राप्त हुने छ । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व बन्न जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । दाम्पत्य जीवनमा मधुरता र आपसी समझदारी उच्च हुने छ । पेशागत जीवन औसत खालको हुनेछ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ प्राप्त हुने छ । 

कुम्भ 
समय अनुकुल रहेको छ । आम्दानीका क्षेत्रहरुमा केही प्रगतिका लक्षणहरु देखिने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्न सक्ने छैन् । पेशागत जीवनमा आशा गरे जस्तो नभए पनि धेरै अशुभ पनि हुने छैन् । सवारीसाधनसँग सम्बन्धि विषयमा भने लफडाहरु उत्पन्न हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

मीन
स्मरणशक्तिमा गिरावट आउने छ । निर्णय क्षमतामा पनि कमजोरी देखिने हुँदा सोच विचार गरेर मात्र निर्णयहरु लिनु उपयुक्त हुने देखिन्छ । भगवानप्रति श्रद्धा बढ्ने छ । भाग्यको साथ कम रहेकाले स–साना विषयमा पनि धेरै मेहनत गर्नु पर्ने छ । पेशागत क्षेत्रमा सोचे जस्तो प्रगति हुने छैन् भने केही अवरोको पनि सामना गर्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement