राशिफलः आज (कार्तिक १७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको १७ गते शुक्रबार, कार्तिक कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
मनोबल बलियो बन्ने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ । प्रेस ब्यवसाय, स्टेशनरी, पुस्तक कारोवार, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ ।

Advertisement

वृष 
मनमा केही शान्तिको अनुभूति हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । भाग्यको बलियो साथ रहेको देखिन्छ । आम्दानीमा पनि बृद्धि हुने छ । औषधी आपूर्ति, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ । 

मिथुन 
मनमा निरन्तर दुविधाले सताउने हुँदा निन्द्रामा समस्या देखिने छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । आफूलाई प्राप्त जिम्मेबारी वहन राम्रोसँग गर्न नसक्दा त्यसको नकारात्मक प्रभाव आफु माथि पर्न जाने छ । 

कर्कट
शारीरिक कमजोरी बढ्ने छ जसले गर्दा मनोबलको मात्रामा कमि ल्याउने छ । दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि आउँदा कार्यमुल्यांकनमा गिरावट आउने छ । दाम्पत्य जीवनको समन्वयले केही सहज भने हुने छ । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला । 

सिंह
मिहिनेती र पराक्रमी स्वाभाव कायम रहने छ । परिवारका सदस्यहरुले प्रशंसा गर्ने छन् । शान्त किसिमको ब्यक्तित्व हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । घर घडेरी,सवारीसाधन, वाहन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय हल्का सकारात्मक बन्ने छ । 

कन्या
दृढतामा बृद्धि हुने छ । साथै रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयमित रहनु होला । पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले जे जति प्राप्त भएको त्यसमा सन्तोष लिँदै अघि बढ्नु होला । गुप्तचरी, कुटनीतिक क्षेत्र र अनुसन्धनात्मक क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ । 

तुला 
भाग्यको बलियो साथ रहने छ । मित्रहरुको साथ मिल्ने छ । भत्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलताको मात्रामा बृद्धि हुने छ । पेशागत जीवनमा भने विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु सँग जुध्नु पर्ने छ । पैसाको सर–सापटी गर्दा निकै विचार पुर्याएर मात्र गर्नु होला । 

वृश्चिक
रिसाहा व्यक्तित्व हुने छ । स–सानो विषयमा पनि झगडालु स्वाभावले सम्बन्धहरुमा समस्या ल्याउने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व पनि हुने छ । पेशागत जीवनमा केही सकारात्मकता थपिने छ । घर घडेरी, गाडि, बाहन, जग्गा जमिनका विषयमा भने नोक्सानी व्योहर्नु पर्ने भएकाले सतर्क रहनु होला । 

धनु 
परिवारमा झैझगडाको अवस्था आउने छ, अविश्वास बढ्ने छ । मनमा दुविधाका क्रमहरु बढि आउँदा निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताको अभाष हुने हुँदा ब्यक्तित्वमा दृढताको कमि रहने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ । ठेक्कापट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी, घर घडेरी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा प्राप्त हुने छ ।

मकर 
अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक देखा पर्ने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । मनमा दुविधा अत्याधिक बढ्न जाने छ । यसले निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् । पानी, दुध, मदिरा, कोल्ड ड्रिक्स, धार्मिक वस्तुहरुको ब्यापार, दुधको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । 

कुम्भ 
भाग्य बलियो रहेको समय रहेको छ । बोलीको प्रभाव बढ्न जाँदा प्रभावशाली व्यक्तित्व हुने छ । रिस पनि अत्याधिक कडा शैलीको हुने हुँदा बादबिबादको क्रम भने आउने छ । पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण ब्यवसाय, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समय अनुकुल रहने छ । निराशाका क्रमले छोड्ने छैन् ।

मीन
समय प्रतिकुल किसिमको रहन्छ । नेतृत्वदायी क्षमतामा गिरावट आउँदा पेशागत जीवनमा जिम्मेवार भूमिका नहुने छ । जीवनमा आर्थिक दबाब सृजना हुने छ । व्यापार व्यवसायमा कठिन मोडहरुको अवस्था आउने छ । विशेषगरी पैसा डुब्ने चुनौति देखिन्छ ।  हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल, ठेक्कापट्टा, औषधी जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement