राशिफलः आज (मंसिर ४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको ४ गते सोमबार, कार्तिक शुक्लपक्षको अष्टमी तिथि । आज गोपाष्टमी रहेको छ ।

मेष
आम्दानीमा हुने बृद्धिले निकै उत्साह थप्ने छ । मेहनति र पराक्रमी स्वाभाव निरन्तर रहने छ । मनमा अलि नकारात्मक विचारहरुका क्रम देखा पर्दा जाँगरको कमि महशुस गराउने छ । मनलाई संयमित राख्ने प्रयास गर्नु पर्ने देखिन्छ । परिवारको भरोसा बढ्ने भएकाले थप जिम्मेबारी महशुस हुने छ । धन सम्पत्तिका विषयमा द्वन्द र मुद्धा मामिलाको अवस्था आउने छ । पेशागत जीवन शुभ हुन सक्ने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

Advertisement

वृष 
समय अनुकुल हुन सकेको छैन् । बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । ब्यक्तित्वमा कमि आउने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । आम्दानीमा हुने कमिको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । जसले गर्दामा मनमा उदासिनता र चिन्ता बढाउने छ । भाग्यहिनताको अनुभुति मनमा हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मिथुन 
भाग्यको बलियो साथ रहेको छ । देखा परेका समस्या समाधानमा साहस प्राप्त हुने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रीत हुन नसक्दा कार्य सफलतामा अवरोधहरु आउन जाने छन् । पेशागत जीवनमा स–साना उतार चढाव आए तापनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । आम्दानी औसत प्रकृतिको रहने छ । शेयर बजारबाट लाभ प्राप्त हुने छ । 

कर्कट
आफ्नो पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुख प्राप्त हुने छ । छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था आउने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शारीरिक कमजोरी देखा पर्ने भएकाले कसरत र योग गर्ने तर्फ ध्यान दिनु उपयुक्त होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्ने भएकाले सतर्क रहनु होला । साझेदारीमा अघि बढेमा शेयर बजार अनुकुल बन्न जाने छ ।

सिंह
प्रतिष्पर्धात्मक हुने तागत पैदा हुने छ । तर मनमा भने निराशाको भाव भने पैदा भइरहने छ । अनावश्यक शुरोपनामा पनि भारी बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहनु होला । दम्पत्ति एक अर्कामा समर्पित हुने अवस्था रहे पनि केही विवाद हुन जाने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिमको बाटोमा अघि बढ्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
समय प्रतिकुल देखिएकाले सतर्क रहनु होला । मनमा अनावश्यक चिन्ताले सताउने छ, जसले गर्दा मनमा उदासिनता देखिन जाँदा उमङ्ग र जाँगरको कमि हुने छ । आत्माबल बलियो हुने भएकाले जटिलतासँग जुध्न शक्ति प्राप्त हुने छ । असजिलो परिस्थितिमा पनि ब्यक्तित्वको प्रभाव कायम रहने छ । पेशागत जीवन र ब्यापार औसत खालको रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला 
मनमा अनावश्यक दुविधा र चिन्ता थपिने छ । यसले मनोबलमा कमि ल्याउने छ भने निर्णय क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने छ । बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्ने भएकाले अरुले विश्वास गर्ने छैनन् । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा विवाद चर्कने योग देखिएकाले यस विषयमा सतर्कताको खाँचो छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नुहोला । शेयर बजार औसत रहने छ । 

वृश्चिक
मनमा उदासिनता बढाउने छ । आफुलाई भाग्यहिन लाग्ने छ । स–साना विषयमा पनि झनक्क–झनक्क रिस उठ्ने हुने छ । त्यसैले रिस नियन्त्रणका लागि जोड दिनु होला । साझेदारीमा गरिएका कामहरुले एक हदसम्म प्रतिफल दिने छन् । बचत तथा धन सम्पत्ति खर्च हुने योग देखिएकाले यसबारेमा सतर्क भएर अघि बढ्दा ठिक हुने छ । आयात निर्यात, ठेक्का पट्टा, प्रशासन, ब्यवस्थापन आदी क्षेत्रमा सक्रिय ब्यक्तिहरुले अपजस ब्योहर्नु पर्ने छ । शेयर बजार अनुकुल रहने छ ।

धनु 
धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पारीवारिक जीवनमा नेतृत्व गर्नुपर्ने जिम्मेबारी आउने छ, अर्थात भुमिका बढ्ने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलि दिने छ । जीवनसाथिको साथले उत्पन्न समस्या समाधानमा जुक्ति तथा उपायहरु निकाल्नमा निकै ठुलो मद्धत प्रदान गर्ने छ । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा केही चुनौतिहरु देखा पर्ने छन् । साझेदारी शुभ रहने छ । शेयर बजार औसत खालको हुने छ । 

मकर 
मनमा निराशाले डेरा जमाउने छ । भाग्यको साथ छैन् । मन उदासिनताको मात्रा बढ्ने हुँदा कार्य सम्पादनमा जोश जाँगर भन्दा नकारात्मक भावनाले प्रशय पाउने भएकाले मन नियन्णका उपायहरुमा ध्यान दिनुहोला । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सफलता दिने छ । ब्यक्तित्व बोल्ड प्रकृतिको देखिन्छ । पेशागत जीवन भने सकारात्मक रहने छ । शेयर बजारबाट लाभ हुने छैन् । 

कुम्भ 
दाम्पत्य जीवनमा विवाद हुने भएकाले समझदारीले काम गर्नु होला । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा निकै कमि देखा पर्ने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाई दिने छ । पेशागत जीवन भने सकारात्मक तथा स्थिर रहने देखिन्छ । परिवारमा समझदारी कायम हुने छ । शेयर बजार अनुकुल रहेको छ ।

मीन
नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । मनोबल उच्च रहने छ । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बढोत्तरी हुने छ । ब्यापार ब्यावसाय तथा पेशागत जीवन भने अलि अस्थिर हुन पुग्ने भएकाले सतर्कतासहित हिड्नु पर्ने देखिन्छ । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुन जाने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि लाभ प्राप्त हुने छ । शेयर क्षेत्र जोखिमपूर्ण रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement