राशिफलः आज (मंसिर २२) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको २२ गते शुक्रबार, मंसिर कृष्णपक्षको एकादशी तिथि । आज उत्पतिका एकादशी रहेको छ । 

मेष
मनले राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सोहीअनुसार बुझ्न सक्ने छैनन् । समय चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा पारीवारिक दबाब र तनाव सृजना हुने छ ।

Advertisement

वृष
पेशागत जीवन सहज बन्ने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ । 

मिथुन 
आर्थिक पक्ष सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । खर्च केही बढ्न जाँदा बचतको अवस्था भने न्युन हुने छ । मनमा उत्साह  र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो बढ्ने छ ।

कर्कट
मनमा निराशा र वैचैनीको अवस्था हुँदा उत्साहको कमि हुने छ । पेशागत जीवन द्वन्दबाट अघि बढ्ने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ ।

सिंह
रमाईलो स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ ।

कन्या
आरोप प्रत्यारोपको वातावरण रहने छ, बादबिबादबाट जोगिने कोशिस गर्नु नै उत्तम हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ ।

तुला
आँटेका कामहरुमा मेहनत धेरै भए पनि त्यसको नतिजा थोरै मात्र आउने छ । पेशागत जीवन धेरै सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु तर्फ मन बढि केन्द्रीत हुने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि जाने छैन् ।

वृश्चिक
आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।

धनु 
पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । आफुले खेलेको भूमिकाबारे समाजबाट उचित मुल्यांकन हुन नसक्दा निराशा बढ्ने छ । 

मकर 
पेशागत क्षेत्रमा उन्नति प्रगति हुने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाकोे अभाव हुने छ र यसले आलस्यता थप्ने छ ।

कुम्भ 
व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ ।

मीन
मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि मनमा त्रास रहने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु आउने छन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement