राशिफलः आज (पुस २) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पुस महिनाको २ गते सोमबार, मंसिर शुक्लपक्षको षष्ठी तिथि । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस रहेको छ । 

मेष 
ठेक्कापट्टा, राजनीति, शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, जस्ता क्षेत्रमा सक्रियहरुलाई समय केही चुनौतिपूर्ण देखिने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बिबादको अवस्था आउने छ । त्यसैले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । बोलीको प्रभाव घट्ने हुँदा बन्नबन्न खोज्ने कामहरुमा अवरोध हुन जाने छ ।

Advertisement

वृष
चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले अत्यन्त धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । आम्दानीमा गिरावट आउने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । लक्ष्य प्राप्तिमा ज्यादा अवरोधहरु आउने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला ।

मिथुन 
पानीको व्यापार, म्यानपावर, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई केही सुधार देखिने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ । व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा निराशा भावले सताउने छ । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । यात्रामा अवरोधहरु सामना गर्नु पर्ने छ ।

कर्कट
डेरी प्रडक्ट, दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट लाभ हुने छ । मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले सताउने छ । पेशागत क्षेत्रमा केही स्थिरता देखा पर्ने हुँदा यसले केही राहत प्रदान गर्ने छ । सामाजिक छविमा बृद्धि हुने हुँदा सम्मान प्राप्त हुने छ ।

सिंह
रोजगारी, सेवा, जागिर सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र हल्का सकारात्मक नतिजा आउने छ । व्यापार व्यवसायमा आवद्धहरुले पनि नाफा कमाउन सफल हुने छन् । बोलीमा कडापना आउने भएकाले संयमित रहनु होला । पेशागत क्षेत्र अनुकुल रहने छ ।

कन्या
पेशागत जीवनमा आफूभन्दा माथिल्ला पदका पदाधिकारीसँग द्वन्दात्मक अवस्था आउने हुँदा तनावको वातावरण हुने छ । शान्त भएर अघि बढ्ने प्रयास गर्नु नै बुद्धिमता हुने छ । शेयर क्षेत्र मध्यम अवस्थाबाट गुज्रने छ । पेशागत जीवनमा अस्थिरताका क्रम रहने छ । आफैले जानेका विषयमा पनि आफै भित्र अन्योलता उत्पन्न हुने छ ।

तुला
पेशागत जीवन मध्यम हुने छ । आर्थिक अपेक्षाहरु धेरै भए पनि यसबाट धेरै लाभ भने हुने छैन् । राजनीति, चिनी, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई केही अनुकुलता देखिने छ । शेयर बजार भने प्रतिकुल रहने छ । बोलीको प्रभाव ह्वात्तै बृद्धि हुने छ । रोमाण्टिक स्वाभावमा बृद्धि हुने छ ।

वृश्चिक
पेशागत जीवन मध्यम अवस्थाबाट अघि बढ्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सुरक्षा निकाय, बाउन्सर जस्ता पेशामा सक्रियहरुलाई समयमा केही सुधार आउने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई भने चुनौति थपिने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । व्यक्तित्व भने दुविधात्मक खालको हुने छ । निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यहिनताका कारण कार्य क्षेत्रमा ज्यादा अवरोध देखिने छ ।

धनु 
पेशागत जीवनमा सकारात्मक क्षण आउने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । प्रभावकारी बोली हुँने हुँदा अरुको विश्वास जित्न सहज हुने छ । परिवारमा भने केही द्वन्द देखा पर्ने छ । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, ठुला सवारीसाधनको व्यापार क्षेत्रमा संलग्नहरुलाई फाइदामा बृद्धि हुने छ ।

मकर 
अग्नि रक्षक, होलट, सुरक्षा निकाय, सेक्युरिटि, खेल, रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ । समयको क्रम प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु नै बुद्धिमानी हुने छ । शारीरिक कमजोरी देखिने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । व्यक्तित्व कमजोरी बढ्न पुग्ने छ ।

कुम्भ 
बौद्धिक क्षेत्र, शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ । शेयर क्षेत्रबाट पनि लाभ मिल्ने छ । नरमपना देखा पर्ने छ तर कमजोर मनोबलयुक्त व्यक्तित्व हुने छ । निर्णय क्षमतामा कमि देखा पर्ने छ । शारीरिक समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुने हुँदा आर्थिक पक्ष सन्तुलित हुने छ ।

मीन
बौद्धिक क्षेत्र, होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई अवरोध उत्पन्न हुने छ । शेयर बजारबाट आशा गरे जस्तो फाइदा मिल्ने छैन् । पारीवारिक जीवनमा कटुता र तनाव देखिने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । अस्पतालजन्य खर्चमा बृद्धि हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement