राशिफलः आज (पुस ५) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पुस महिनाको ५ गते बिहीबार, मंसिर शुक्लपक्षको नवमी तिथि ।

मेष
आरोप प्रत्यारोपको वातावरण रहने हुँदा बादबिबादबाट परै बस्ने कोशिस गर्नु नै उत्तम हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
आर्थिक पक्ष सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । खर्च केही बढ्न जाँदा बचतको अवस्था भने न्युन हुने छ । मनमा उत्साह  र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो कायम रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन 
राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सोअनुरुप ग्रहण गर्ने छैनन् । समय अलि चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कर्कट
पेशागत क्षेत्रमा उन्नति प्रगति हुने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाकोे अभाव हुने छ र यसले आलस्यता थप्ने छ । शेयर बजार औसत खालको रहने छ ।

सिंह
आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला । शेयर बजारमा भने गुमाउनु पर्ने छ ।

कन्या
मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि मनमा डर लाग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु आउने छन् । शेयर बजार अनुकुल रहने छैन् ।

तुला
व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

वृश्चिक
पेशागत जीवनमा पदोन्नति हुने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

धनु 
मनमा वैचैनीको अवस्था हुँदा उत्साहको कमि हुने छ । पेशागत जीवन द्वन्दबाट अघि बढ्ने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ । शेयर बजार प्रतिकुल रहने छ ।

मकर 
रमाईलो स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ ।

कुम्भ 
पेशागत जीवनमा केही सुधार आउने छ । समस्या समाधानमा मित्रहरुको साथ हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । आफुले खेलेको भूमिकाबारे समाजबाट उचित मुल्यांकन हुन नसक्दा निराशा बढ्ने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

मीन
काम गर्ने मेहनत र परिणामका बीच हुने अन्तरले मनमा निराशा बढाउने छ । पेशागत जीवन धेरै सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु अनावश्यक खर्च बढ्न जाने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि जाने छैन् । शेयर क्षेत्र अनुकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement