राशिफलः आज (पुस २२) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल पुस महिनाको २२ गते आइतबार, पौष कृष्णपक्षको एकादशी तिथि । आज सफला एकादशी रहेको छ ।

मेष 
व्यक्तित्वमा पनि निखारता आउने छ । मनमा दृढता बढ्ने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा धेरै हुने भएकाले यसबारेमा संयमित रहनु नै ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढटा भने आइरहने छ । आम्दानीमा ह्रास आउने छ । विस्मृतिले सताउने छ । शेयर बजार सकारात्मक बन्ने छ ।

Advertisement

वृष
शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । मनले कमाई गर्नु पर्छ भनि अघि बढ्न खोजे तापनि शारीरिक स्वास्थ्य, मनोबलले साथ दिने छैन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथसहित अघि बढ्नु होला । छोटोछोटो यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था आउने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

मिथुन 
दृढ खालको व्यक्तित्व हुने छ । तर भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका श्रृङ्खला धेरै आउने भएकाले निरन्तर अघि बढ्ने बानी कायम राख्नु होला । अनायास सम्बन्धहरुमा चिसोपना आउने छ । पारीवारिक जीवनमा कलह र क्लेस चर्कने छ । पेशागत जीवन औसतमा स्थिर रहने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । शेयर बजार चुनौतिपूर्ण देखिन्छ ।

कर्कट
अलौकि विषयहरुमा विश्वास बढ्ने छ । व्यक्तित्व चलाख खाले हुने छ । तर यो गरौँ कि त्यो गरौँ भन्ने लागि रहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । मनमा दुविधा आउने छ । रिस कडा देखा पर्ने भएकाले सावधान रहनु होला । व्यवस्थापकीय क्षमतामा निखारता आउने छ । शेयर बजार सकारात्मक रहने छ । 

सिंह
कुलदेवताको आशीर्वादको कमि हुने छ । मनोबलमा भारी गिरावट आउनेछ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । बोलीमा भने नरमपना देखा पर्ने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति नोक्सान हुने चुनौति देखिएको छ । शेयर बजार प्रतिकुल रहने छ । 

कन्या
आफ्ना पितृहरु सपनामा देखिने छन् । बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने कडापनले हुन खोजेका कामलाई पनि अवरोध पार्ने छ । मनोमलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा अबरोहरु आउने छन् । आम्दानीमा सकारात्मक बृद्धि हुने छ । शेयर बजार औसत रहने छ । 

तुला
बौद्धिकतामा वृद्धि भए तापनि प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास आउने छ । पेशागत जीवन स्थिर खालको रहने छ । बिस्मृतिले सताउने छ । उद्योग व्यवसायमा संलग्नहरुको हकमा भने श्रम समस्यासँग जुध्नु पर्ने छ । पारीवारिक जीवनमा मिलन हुने छ । शेयर बजार औसत अवस्थामा रहने छ ।

वृश्चिक
अतिमहत्वाकांक्षाबाट बच्नु होला । मनमा निराश भावहरु एकपछि अर्काे गर्दै निरन्तर आउँदा दुविधाको चपेटामा परिने छ । अन्तरमुखी स्वाभावमा बृद्धि हुनेछ । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा केही बृद्धि हुन जाँदा त्यसले केही राहत प्रदान गर्ने छ । सञ्चित धन तथा सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने चुनौति देखिएको छ । शेयर बजार अनुकुल बन्ने छैन् ।

धनु 
शान्त स्वाभावको व्यक्तित्व हुने भएकाले अरुले मन पराउने छन् । व्यवस्थापकीय क्षमतामा तिब्र गिरावट देखिने छ । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव सृजना हुने छ । शेयर बजार औसत रहने छ ।

मकर 
भगवानको आशिर्वाद प्राप्त हुने छ । भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ । दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने देखिन्छ । शेयर बजार हल्का अनुकुल रहने छ ।

कुम्भ 
फ्रेस भएको अनुभूति हुने छैन् । मनमा दुविधाले असाध्यै सताउने छ । भाग्यको साथ नरहेकाले कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । आफूले आफैप्रति विश्वास नलागे जस्तो हुने छ । लद्युताभाषको तिब्रताले सताउने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ । शेयर बजार भने अनुकुल रहने छ ।

मीन
नकारात्मक सपनाले सताउने छ । आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् । शेयर क्षेत्र अनुकुल रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement