राशिफलः आज (फागुन ११) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको ११ गते शुक्रबार, माघ शुक्लपक्षको चतुर्दशी तिथि ।

मेष 
कल्पनात्मक विचारले अत्याधिक प्रधानता हुने छ । जसले गर्दा मानिसहरुले भावनात्मक मानिसको रुपमा अनुभुत गर्ने छन् । पेशागत जीवनमा धैर्य रहनु होला । सवारीसाधन सम्बन्धि विषयमा विस्तारै हाक्नु नै उपयुक्त हुने छ । आर्थिक अवस्था असन्तुलित हुन पुग्ने छ ।

Advertisement

वृष
भोज भतेर तथा पार्टीमा सहभागि हुन पाइने छ । मिठामिठा खानेकुराहरुको उपभोग गर्न पाइने छ । साथिभाइको साथले गर्दा रोमाण्टिक मुड सृजना हुने छ । पेशागत जीवनमा भने केही अड्चनहरु आउने छन् ।

मिथुन 
प्रेममा सफलता मिल्ने छ । अनौठा खाले त्रासको मनमा आभाष हुने छ । यसले मनमा एक खालको तनाव थपिदिने छ । व्यावहारिक जीवनमा कठिनाइहरुको सामना गर्नु पर्ने छ । तर पनि भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने आउने छैन् । पेशागत जीवन सकारात्मक रहने छ । 

कर्कट
प्रेममा धोका हुने छ । आर्थिक लेनदेनमा पनि धोका हुने समय सक्रिय रहेकाले आर्थिक कारोवारमा संयमित रहनु नै बुद्धिमानी हुने छ । मान मर्यादामा ह्रास आउने छ । सामाजिक जीवनमा पनि भएको उचाईमा गिरावट आउने छ । पेशागत जीवनमा धैर्य रहनु होला ।

सिंह
नराम्रा खालका सपनाहरुले गर्दा तनाव बढाउने छ । मनोबल उच्च हुने भएकाले समस्याहरुसँग जुधेर अघि बढ्न उर्जा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ । परिवारमा मिलन र प्रेम बढ्ने छ ।

कन्या
विगतका स्मृतिहरुको स्मरणले मनमा धेरै स्थान लिने छ । जसले गर्दा पश्चातापको जस्तो अनुभूति हुने छ । पेशागत क्षेत्रमा अनेकौँ लाञ्छनाहरुको सामना गर्नुपर्ने छ । खासगरी विपरित लिङ्गीसँगको व्यावहारका विषयमा विशेष सतर्क रहनु होला । आर्थिक क्षति व्योहर्नु पर्ने छ ।

तुला
आर्थिक लाभ प्राप्त हुने छ । तर प्राप्त रकम जसरी आएको छ त्यसरी नै गुम्ने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शत्रुतापूर्ण व्यावहारबाट सम्बन्धहरु कटुतापूर्ण बन्न पुग्ने छन् । प्रेममा धोकाका क्रम देखिने छन् वा शंका आशंकाका कारण तिक्तता बढ्न जाने छ ।

वृश्चिक
उपहार प्राप्त हुने छ । परिवारमा सम्बन्धहरुमा सुधार आउने छ । अरुको लागि गरिएको सहयोगले आफ्ना लागि पनि सकारात्मक नतिजा दिन थाल्ने छ । पेशागत जीवनमा स्थिरता आउने छ । बोलीको प्रभाव बढ्ने छ ।

धनु 
भोज भतेरमा सहभागी भई मिठा मिठा खानेकुरा खान पाइने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशाप्रति निष्ठावान व्यक्तित्व हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । यात्राका क्रममा समस्याहरु झेल्नु पर्ने छ ।

मकर 
नयाँ कामको थालनी हुने छ । उत्साह र उमङ्ग आउने छ । अरुले कदर गर्ने छन् भने सामाजिक रुपमा पनि प्रतिष्ठा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति नभए पनि अवनति पनि हुने छैन् । सार्वजनिक सवारीसाधन तथा औद्योगिक क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । 

कुम्भ
कल्पनात्मक स्वाभावको मात्रा बढ्ने छ । सृजनात्मक क्षेत्रमा लागेकाहरुले नयाँ नयाँ सृजना गर्न सक्ने छन् भने अन्य क्षेत्रका लागि भने केवल कल्पना मात्रमा सीमित हुने छ । प्रेममा भने सफलता मिल्ने छ । न्याय क्षेत्रमा रहेकाहरुले समस्या खेप्नु पर्ने छ ।

मीन
साहसिक खेलमा सहभागि हुन पाइने छ । अरुको उक्साहटले गर्दा जोखिमपूर्ण कदमहरु उठाउन उत्साह आउने छ । आम्दानीमा केही बृद्धि हुने र मनोबलमा पनि उचाई थपिने छ । पेशागत जीवन औसत रहने छ । जीवनसाथिसँग भनाभन हुने जोखिम छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement