राशिफलः आज (फागुन २२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको २२ गते मंगलबार, फाल्गुन कृष्णपक्षको दशमी तिथि ।

मेष 
निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । कमजोर मनोबल भएको ब्यक्तित्व हुने हुँदा आँट र दृढताको कमि हुन जाने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । मेहनत र परिश्रम अनुसार लाभ भने कम मिल्न जाने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी आदी क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

Advertisement

वृष
एकपछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । मनमा नकारात्मक भावनाले सताउने छ । मनमा दुविधात्मक विचारले सताउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने समय छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । 

मिथुन 
परिवारमा तनावको वातावरण देखिने छ । जीवनसाथिको सहभागितामा कार्यहरु गरेमा ती कार्यबाट प्रतिफल प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका सहकर्मी तथा हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा संयमताको आवश्यकता देखिन्छ । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छैन् ।

कर्कट
दृढ व्यक्तित्व बन्ने छ । आफ्ना मित्र तथा हितैसीहरुसा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । रिस कडा खालको हुने भएकाले यसले असजिलो अवस्था बनाई दिने छ । पेशागत जीवनमा संघर्ष गर्नु पर्ने छ । ब्युटिसियन, सौन्दर्य प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई केही फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

सिंह
भाग्यहिनताका कारण सुख सन्तोषको अभाव हुने छ । पेशागत जीवनमा उतार चढावको सामना गर्नु पर्ने छ । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था आउने छैन् । शेयर बजारबाट भने आंशिक लाभ मिल्ने छ । 

कन्या
आफुलाई लद्युताभाषले सताउने छ । तर पेशागत क्षेत्रमा भने अघि बढ्न भित्रि आन्तरिक उर्जा भने कायम रहने छ । पेशागत जीवन औसत खालको हुने छ । बोलीमा मिठासको अभावले गर्दा राम्रै बोल्दा पनि त्यसको अर्थ बेग्लै हुन जाने भएकाले संयमित रही बोल्नु होला । सन्तान सुखको अभाव हुने छ । सन्तानका गतिबिधिले गर्दा सामाजिक जीवनमा आलोचना हुने छ । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

तुला
मनोवलले भरिएको र दृढ ब्यक्तित्व हुने छ । रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने हुँदा हुँदै पनि मनमा भने खिन्नताले सताउने छ । साझेदारीमा रहेका कामहरुमा भने अबरोध देखा पर्ने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । प्रशासन, व्यवस्थापन, राजनीति, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ । 

वृश्चिक
नरम तथा सहज खालको व्यक्तित्व र स्वाभाव हुने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । आयात निर्यात, लेखा ब्यवसाय, चार्टड एकाउण्टेण्ट, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । यात्रामा जाने अवसर मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

धनु 
बाणिमा आउने प्रभावकारिता र मिठासपना अरुको मन जित्न सकिने छ । परिवारको तपाईप्रति भरोसा बढ्ने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पु¥याउनु होला । ब्यापारमा संलग्नहरुलाई यो समय प्रतिकुल रहेको छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर बजारमा भने गुमाउनु पर्ने छ । 

मकर 
वौद्धिक क्षमतामा बृद्धि हुँदाहुँदै पनि मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई अड्किएका काम अघि बढ्ने छन् । मनमा सुखको शान्तिको आभाष हुँने हुँदा बढि महत्वाकांक्षातर्फ मन जाने छैन् । सन्तानले गरेका कामबाट सुख प्राप्त हुने छ । पेशागत जीवनमा भने संयमित भई पाइला चाल्नु होला । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ 
मनमा दुविधाले सताउने छ । मनमा देखा पर्ने उदासिनतालाई नियन्त्रण गर्न ध्यान दिनु होला । मनोबलमा पनि कमि हुनाले लक्ष्यमा बिचलन आउने र हतासो बढ्न जाने छ । साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छन् । स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल तर्फ ढल्कने छ । परिवारका सदस्यहरुको साथले ठुलो राहत दिने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
व्यवस्थापकीय क्षमतामा कमि आउने छ । आत्माविश्वासमा कमि देखिने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण हुने छ । अध्यापन, शिक्षण, पत्रकारिता, शैक्षिक क्षेत्र जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement