राशिफलः आज (फागुन २५) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको २५ गते शुक्रबार, फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि, उप्रान्त चतुर्दशी तिथि । आज महाशिवरात्री रहेको छ । आराध्यदेव पशुपतिनाथसहित देशका शिवमन्दिरहरुमा मेला लाग्ने गर्दछ । आज अन्तर्राष्ट्रिय नारी दिवस ।

मेष 
सामाजिक मूल्य मान्यताबारे आलोचना गर्ने स्वाभाव देखिने छ । आफैले विश्वास गरेकाहरुबाट धोका हुने छ । परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्ने छ । जीवनसाथिको अदम्य साथका कारण ठुलो राहत मिल्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा सुस्त गतिमा धैर्य कदम चाल्नु उपयुक्त होला ।

Advertisement

वृष
धार्मिक रुचिमा कमि आउने छ । मिलनसारपनामा पनि गिरावट आउँदा एकलकाँटेपना रहने छ । आय स्रोतका क्षेत्रमा अवरोधहरु आउँदा आर्थिक सन्तुलन बिग्रने छ । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर कदमहरु चाल्नु होला पेशागत जीवनबाट धेरै अपेक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला ।

मिथुन 
तामसी विषयवस्तुप्रतिको रुचिले राजसीशैलीको ठाँटबाँठ हुने छ । तडग भडकपूर्ण जीवनशैलीका कारण समाजमा भड्किलो देखिने छ । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । परिवारमा भने झैझगडापूर्ण वातावरण रहने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने छ ।

कर्कट
धार्मिक कार्यमा सहभागि हुन मन लाग्ने छ । तर यति हुँदाहुँदै पनि मनमा निराशाको भाव निरन्तर रहने छ । एक तमासको एकोहोरोपनाले मनलाई बाँध्ने छ । कमजोर मनोबल हुने हुँदा आत्मविश्वासको कमि हुने छ । पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला । अनावश्यक क्षेत्रमा खर्च बढ्न पुग्ने छ ।

सिंह
धार्मिक क्षेत्रबाट सम्मान मिल्ने छ । तनावपूर्ण वातावरण क्रमशः सहज हुँदै जाने छ । आर्थिक रुपमा पनि सन्तुलनको अवस्था रहने छ । मित्रहरुबाट सहयोग पाइने हुँदा रोकिएका काम अघि बढ्ने छ । परिवारमा भने केही द्वन्दात्मक अवस्था रहने छ । 

कन्या
अरु भन्दा फरक देखिन मन लाग्ने हुँदा पोशाक तथा श्रृङ्गारमा बढि ध्यान जाने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । परिवारमा मिलन हुने र विश्वास बढ्ने छ । पेशागत जीवन सकारात्मक बन्ने र आर्थिक लाभ प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुले पनि नयाँ नयाँ काम गर्ने अफर प्राप्त गर्ने देखिन्छ । विदेश यात्रामा भने केही कठिनाई आउने छ ।

तुला
दृढ प्रकृतिको स्वाभाव हुँदाहुँदै पनि व्यक्तित्व भने कडा खालको बन्दा मिलनसारपनाको अभाव देखा पर्ने छ । झैझगडाको अवस्थाबाट बच्नु होला । भोग विलासी शैली देखिने छ । पेशागत क्षेत्र र आर्थिक पक्ष सकारात्मक रहे पनि खर्च धेरै हुन जाने छ ।

वृश्चिक
उदास मनोभावले गर्दा साथिभाइहरुबाटै घोचपेचको सामना गर्नुपर्ने छ । मनमा धेरै विचारहरु लहरसाथ आउने हुँदा एकाग्रताको अभाव हुने छ । पेशागत जीवनमा चुनौतिको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । भाग्यले साथ नदिएका कारण कामहरु बन्ने छैनन् । आर्थिक पक्ष सन्तोषजनक हुन सक्ने छैन् । 

धनु 
चलाख खालको व्यक्तित्व हुँदाहुँदै पनि असजिलो परिस्थितिबाट उम्कन कठिनाई व्योहर्नु पर्ने छ । आफुले आफैलाई निकै कमजोर महशुस हुने छ । स्वास्थ्य समस्या देखिँदा अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पेशागत जीवन औसत प्रकृतिको रहने छ । 

मकर 
धार्मिक कार्यको सहभागिता हुने छ । सन्तोषी स्वाभावले गर्दा अरुले सहयोगी अनुभूत गर्ने छन् । तर अलि कडा खालको व्यक्तित्व हुँदा लचकताको अभाव हुने छ । पेशागत जीवनमा उपलब्धि प्राप्त हुने छ । आर्थिक पक्ष भने सवल बन्ने छ । घर घडेरी किन्ने योग छ ।

कुम्भ 
धार्मिक कार्यमा प्रसन्नता मिल्ने छ । विदेश यात्राको अवसर मिल्ने छ । मनमा सकारात्मक उर्जा प्राप्त हुने छ । नयाँ नयाँ काम गरौँ–गरौँ लाग्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । सम्मान पाइने तथा कदर मिल्ने छ । पारीवारिक विषयले भने तनाव दिने छ । आर्थिक पक्ष औसत खालको हुने छ । धार्मिक स्वाभाव बढ्ने छ ।

मीन
घमण्डि खालको व्यक्तित्वले आफैलाई नोक्सान पु¥याउने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने छ । चलाख खालको व्यक्तित्व हुने हुँदा धेरै नोक्सानीको अवस्थाबाट जोगिने भने छ । आर्थिक पक्ष औसत रहने छ । दाम्पत्य जीवनमा भने कठिनाईको सामना गर्नुपर्ने छ । गर्मीमा फैलने रोग व्याधीले सताउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement