राशिफलः आज (फागुन २७) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको २७ गते आइतबार, फाल्गुन कृष्णपक्षको अमावश्या तिथि । आज द्वापरयुगादि रहेको छ ।

मेष
पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । बोलीको प्रभावमा बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । नयाँ–नयाँ मानिसहरुसँग भेटघाट हुने अवसर प्राप्त हुने छ भने नयाँ स्थानमा भ्रमण हुने छ । नयाँ सोच र योजनाहरु बन्ने छन् । परिवारमा विश्वासको कमि देखिने छ । एकलकाँटे स्वाभावले गर्दा अरुसँग घुलमिल गर्न मन लाग्ने छैन् ।

Advertisement

वृष
पेशागत जीवन मध्यम रहने छ । शेयर बजार औसत रहने छ । विदेश यात्राको ढोका खुल्न खोजे पनि केही समस्याका कारण अड्चन देखा पर्ने छ । अलि कडा शैलीको व्यक्तित्व बन्ने हुँदा झैझगडाको अवस्था आउने छ । स्वादिष्ट भोजनको अवसर प्राप्त हुने छ । सामाजिक जीवनमा भुमिका खेल्न मन लाग्ने छ । स्वास्थ्यमा ध्यान दिनुहोला । 

मिथुन 
विदेश यात्रा हुने योग छ । पेशागत जीवन फलदायी रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । जीवनसाथिको साथका कारण व्यावहारिक रुपमा निकै सहजता उत्पन्न हुने छ । सफलताका मात्राहरु एकपछि अर्काे गरि आउने छन् । परिवारमा प्रेममय वातावरण बन्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ भने सौहार्दतामा पनि बृद्धि हुने छ । 

कर्कट
पेशागत जीवनमा सफलताहरु हात लाग्ने छ । शेयर बजार मध्यम रहने छ । नगरि नहुने खर्चको अवस्था आउने छ । अरुले कदर गर्ने छन् । मान सम्मान प्राप्त हुने छ । आर्थिक जीवन सहज बन्ने छ । जोखिमपूर्ण क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । बोली प्रभावकारी हुने छ ।

सिंह
आर्थिक लाभ हुने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छन् भने महत्वपूर्ण जिम्मेवारी हात लाग्ने छ । शेयर बजारमा भने गुमाउनु पर्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्ने छ । आफु भन्दा ठुला व्यक्तिको आशीर्वादले गर्दा महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने छ । कला साहित्य तथा संगीत जस्ता सृजनशिल क्षेत्रमा कदम अघि बढ्ने छन् ।

कन्या
पैतृक सम्पत्ति बेचबिखन गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले आर्थिक चुनौति थपिने छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । उल्झन र आरोप प्रत्यारोपका कारण उत्साहको कमि हुन जाने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारी उत्पन्न हुने छ । परिवारमा बेमेल अुने छ । 

तुला
पेशागत जीवन औसत खालको हुने छ । सहकर्मीहरुको मजबुद साथले ठुलो भुमिका खेल्ने छ । खर्च भने अलि बढ्न जाने छ । शेयर बजार फलदायी रहने छैन् । रसिक स्वाभावको व्यक्ति हुने हुँदा मिलनसारपना आउने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । प्रशासनिक झण्झट जस्ता विषयमा फस्ने चुनौति देखिएकाले सतर्क रहनु होला ।

वृश्चिक
भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । पेशागत जीवनमा चुनौति आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । प्राप्त भइरहेको विश्वासमा गिरावट आउने छ । गलत संगत जस्तो विषयमा निकै चनाखो रहनु होला । सवारीसाधन सम्बन्धी विषयमा धैर्य भएर संचालन गर्नु होला । पश्चातापका क्रमहरु मनमा देखा पर्दा तनावपूर्ण मनस्थिति बन्न पुग्ने छ । बौद्धिकतामा कमि आउने छ ।

धनु 
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा नयाँपना अनुभूति हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । मन फुरुङ्ग हुने छ । स्थिरताको आभाष हुने र उमङ्ग प्राप्त हुनेछ । आँटेका कामहरु उत्साहजनक तरीकाबाट अघि बढ्ने छ । घर जग्गाको कारोबारबाट लाभ मिल्ने छ । परिवारमा शान्तिपूर्ण वतावरणले गर्दा उत्साह आउने छ ।

मकर 
आर्थिक पक्ष बलियो रहने छ । पेशागत जीवनमा उन्नतिका संकेतहरु स्पष्ट हुने छन् । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । घर घडेरी र सवारीसाधनको कारोवारमा सँलग्नहरुलाई केही फाइदा मिल्ने छ । मनमा अन्योलताका क्रम भने औसत भन्दा बढि विद्यमान रहने छ । दाम्पत्य जीवनमा उत्साहपूर्ण वातावरण कायम हुने छ ।

कुम्भ 
पेशागत जीवन सहज हुने छैन् । आर्थिक पक्ष पनि कठिनाईबाट अघि बढ्ने छ । शेयर बजार लाभदायी रहने छैन् । स्वास्थ्यमा समस्या देखिने हुँदा अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छ । मुद्धा मामिलासम्बन्धी विषय उत्पन्न हुने र धाउनु पर्ने छ । परिवारका सदस्यहरुबीच सद्भाव र सहयोगको वातावरण कायम हुने छ ।

मीन
आर्थिक कठिनाईसँग जुध्नु पर्ने छ । पेशागत जीवनमा पनि उल्झनहरुको सामना गर्नु पर्ने छ । शेयर बजार औसत रहने छ । मनमा अस्थिरताका क्रमहरु एकपछि अर्काे गर्दै आउने हुँदा तनाव कायम हुने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा कायम रहने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement