ताप्लेजुङमा आगलागीबाट १३ लाखभन्दा बढीको क्षति
प्रतीकात्मक तस्बिर ।

Advertisement

ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपियाँको क्षति भएको छ ।

मिक्वाखोला गाउँपालिका–५, चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । भान्साकोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार, आइतबार साँझ भान्साकोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुईतले घर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपियाँ नष्ट भएको छ ।

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।

Advertisement