करदाता सेवा कार्यालयको राजस्वमा वृद्धि

Advertisement

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट सङ्कलित हुने राजस्व गत आर्थिक वर्षको यही अवधिका तुलनामा यस वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजस्व सङ्कलन भएको थियो । 

यस वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालू आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान व्यक्त गरे । 

Advertisement

हाल देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर सङ्कलन गर्दै आएका छन् । 

यसैबीच, आन्तरिक राजस्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले ‘भर्चुअल’ माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको र समीक्षामा उनले राजस्व निगरानी र करदाता सचेतना बढाउन निर्देशनसमेत दिए । 

Advertisement

Advertisement