ईभीले गर्दा नेपालको अटोमोवाइल बजारमा ठूलै उतारचढाव, कुन ब्राण्ड कति बिक्री ?

Advertisement

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको अटोमोवाइल क्षेत्रको प्रवृत्ति बदलिएको छ । वर्षौदेखि लोकप्रिय रहेका पूराना ब्राण्डको बिक्री घटेको छ भने नयाँ ब्राण्ड अगाडि आउन थालेका छन् । 

यसको प्रमुख कारण हो आईसीई इन्जिन (पेट्रोलियम पदार्थबाट  चल्ने) गाडीमा सरकार र नेपाल राष्ट्र बैंकको कडाई र विद्युतीय सवारी साधन (ईभी)मा उदारता ।मूल्यका कारण मात्रै नभएर विश्व परिवेशका कारण पनि उपभोक्ताहरुको ध्यान आईसीई इन्जिनयुक्त गाडिमा कम ईभीमा बढी गएको छ ।   

Advertisement

केही वर्ष अघिसम्म नेपालको अटोमोवाइल क्षेत्रको नेतृत्व गर्दै आएका मारुती सुजुकी, महिन्द्रा, हुण्डाई, किया, निशानलगायतका ब्राण्डको बिक्रीमा गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाउँछ । सन् २०२२ र २०२३ लाई तुलना गर्दा ईभी बिक्री गर्ने ब्राण्डको बिक्री ह्वात्तै बढेको देखिन्छ भने आईसीई इन्जिनयुक्त ब्राण्डको बिक्री अपेक्षाअनुसार बढ्न सकेको छैन् । यद्यपि आईसीई इन्जिनको बिक्री बढ्न नसक्नुमा सरकार र राष्ट्र बैंकको नीति नै प्रमुख समस्या भएको व्यवसायीहरुले बताउने गरेका छन् ।   

ईभीकै सहायताले टाटा मोटर्सले यो दुई बर्षमा ‘मार्केट लिड’ गर्न सफल भएको देखिन्छ । हाल टाटाको नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी बजारमा लोकप्रिय छन् भने पन्च ईभी बजारमा ल्याउने तयारी गरिरहेको छ । 

सन् २०२२ मा टाटाको दुई हजार २९६ वटा प्यासेन्जर कार बिक्दा एक हजार ४२९ वटा ईभी बिक्री भएको छ । त्यस्तै, २०२४ को तथ्याङ्क हेर्दा टाटाको दुई हजार ९२७ वटा प्यासेन्जर गाडी बिक्री भएको छ जसमध्ये दुई हजार ५५७ वटा ईभी मात्र बिक्री भएको छ । टाटाको २०२३ को आँकडा हेर्दा विद्युतीय गाडीकै कारण उसको साख जोगिएको हो । 

त्यस्तै, २०२३ मा दोस्रो धेरै बिक्री गरेको चिनियाँ ब्राण्ड बीवाईडीले राम्रो ब्यापार गर्न सफल भएको छ । सन् २०२२ मा जम्मा १४२ वटा मात्र गाडी बेच्न सकेको उसले २०२३ मा दुई हजार १७७ वटा गाडी बिक्री गर्न सफल भएको छ । हाल नेपालमा बीवाईडीको अट्टो–थ्रि र डल्फिन लोकप्रिय छ । 

त्यसैगरी, एमजी ब्राण्डको बिक्री पनि ईभीले नै बढाएको छ । सन् २०२२ मा जम्मा ११९ वटा गाडी बिक्री भएको एमजीको २०२३ मा एक हजार १३९ वटा बिक्री भएको छ । यीबाहेक सुजुकी, हुण्डाई, किया, निशानलगायतका ब्राण्डलाई बजारको मागअनुसारको ईभीको विकल्प दिनुपर्ने दबाब बढेको छ । undefined

Advertisement

Advertisement