भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
फाइल तस्बिर ।

Advertisement

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । 

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो । 

Advertisement

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो ।

सूचनामा  रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो । 

Advertisement

Advertisement