लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेस

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी अध्यादेश पेस भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् । 

Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सभाको संयुक्त बैठकमा गरेको नेपालका सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति टेबल गरे । 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा सरकारको नीति तथा कार्यक्रममा संशोधनको सूचना दिनका लागि यही जेठ आज बिहान ११ बजेदेखि अपराह्न २ बजेभित्र सदस्यलाई जानकारी गराए । 

सरकारको नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही जेठ ११ गतेका दिन तोकिएको छ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मौजुदा मन्त्रिपरिषद्मा २०८१ वैशाख ३१ गते भएको हेरफेर र कार्यविभाजनबारेको पत्रको व्यहोरा अध्यक्ष दाहालले पढेर सुनाए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी अपचलनमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा आवाज उठाउँदै आएको छ । 

उक्त सभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।
 

Advertisement