सुर्खेतमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

Advertisement

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ ।

Advertisement

 दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । 

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

Advertisement

Advertisement