‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गर्ने निर्णय

Advertisement

काठमाडौं । विद्युत प्राधिकरणको वोर्ड बैठकले उर्जा प्रवद्र्धकसँग ‘टेक अर पे’मा आधारित विद्युत खरिद सम्झौता गर्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले मंगलबार यस्तो निर्णय गरेको हो ।

यसले नेपालमा जलविद्युत उत्पादनमा लगानी बढ्ने अपेक्षा गरिएको छ । साथै १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्न सघाउ पुग्ने अर्थमन्त्री पुनले जारी गरेको श्वेत पत्रमा उल्लेख छ ।

अहिलेसम्म ‘टेक एण्ड पे’मा आधारित भएर प्राधिकरणले विद्युत खरिद सम्झौता गर्दै आएको थियो । अब पिपिए भईसकेका झण्डै ५२ सय मेगावाटको रन अफ दिन रिभर आयोजना सबै ‘टेक अर पे’मा परिवर्तन हुनेछन् ।

यसो गर्दा टेक अर पेमा आधारित पीपीए भएका आयोजनाको विजुली सबै प्राधिकरणले खरिद गर्नुपर्छ । खरिद गर्न नसके वा खेर गएको खण्डमा प्राधिकरणले नै क्षतिपूर्ति तिर्नुपर्नेहुन्छ ।

आउँदो १० वर्षमा १५ हजार मेगावाट बिजुली निकाल्ने उद्देश्यका साथ ५ हजार २ सय ५० मेगावाटसम्म ‘टेक अर पे’मा आधारित विद्युत खरिद गर्ने सम्झौताको निर्णय भएको हो ।

प्राधिकरणको वोर्ड बैठकले यसअघि ‘टेक एण्ड पे’मा गरिएका सबै सम्झौतालाई पनि ‘टेक अर पे’मा संसोधन गर्न निर्देशन दिएको छ ।
बैठकले ‘टेक अर पे’मा आधारित भएर विद्युत खरिद गर्दा प्राधिकरणलाई हुन जाने घाटाको शोध भर्नाको लागि पनि सरकारसँग माग गर्ने स्वीकृति दिएको छ ।
यसअघि निजी ऊर्जा प्रवर्द्कले पनि ‘टेक अर पे’ मा आधारित विद्युत खरिद सम्झौता गर्ने व्यवस्थाको माग गर्दै आएका थिए ।

यो सम्झौताको प्रावधानपछि निजि उर्जा प्रवर्दकले पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत आयोजना उत्पादनमा सहजै ऋण प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement