उधारो भुक्तानी नगर्नेसँग कारोबार बन्द गर्ने पेट्रोलियम डिलर्स एशोसियशनको निर्णय

Advertisement

काठमाडौं । उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई स्थानीयस्तरमा नै सवै पेट्रोल पम्पहरुले निर्णय गरी कारोबार बन्द गर्ने विषयमा छलफल भएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत देशभर उपलव्ध पदाधिकारीहरु तथा स्थानीय संस्थाका अध्यक्षहरुबीच हालको परिस्थिति र भविष्यमा हुनसक्ने जोखिम तथा संकटका बारेमा भएको छलफलमा यस्तो निश्कर्ष निकालिएको हो ।

अनलाइन भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई देशभरिकै पेटोल पम्पहरुबाट पेट्रोल नदिनेलगायतका तत्काल गर्न सकिने उपायका अविलम्व गर्न सबै स्थानीइ व्यवसायीहरुलाई अनुरोधसहित जानकारी गराउने विषयमा छलफल भएको जनाएको छ ।

बैठकले अति आवश्यक पदार्थको कारोबार गर्ने हुँंदा आपूर्ति सुचारु राख्न पम्पहरुमा पेट्रोलियम पदार्थका स्कट हुनुपर्ने तर पुजीँंगत खर्च यथावत राखी अति न्यून परिणाम मात्रै स्कटमा राख्नुपर्ने, अति आवश्यक बाहेकका खर्चहरु कटौती गर्नुपर्ने, नगदमा मात्रै कारोबार गर्नुपर्ने, यस अगाडि भएका उधारोहरु शिघ्र उठाई पुनर्ताजगी गरेर कारोबार गर्नुपर्ने छलफल भएको जनाएको छ ।

साथै यस अवधिमा राजधानीमा उपलव्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा वीमा समिति, आन्तरिक राजश्व कार्यालय मन्त्रालय तथा निगम समक्ष आगामी वजेटमा पेट्रोलियम व्यवसायीहरुलाई हुनुपर्ने राहत एवम् वैक व्जाजदर, राजश्व तथा विमा दरमा हुनपर्ने छुटका सम्वन्धमा तथा निगम समक्ष यस एसोसियएनका तर्फबाट पटकपटक पेश भएका कमिशन बृद्धि लगायतका मागहरु कार्यान्वयनका लागि अनुरोध सहित ताकेका भइरहेको र हालसम्म कुनै ठोस निर्णय हुन नसकेको विषयमा चर्चा भएको थियो ।

Advertisement

Advertisement