हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, उडान अनुभवलाई उत्कृष्ट बनाइने

Advertisement

काठमाडौँ । काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा गत आइतबार आयोजित एक समारोहमा हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सूचना र सञ्चार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ । हिमालय एअरलाइन्सलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा भर्चुअल माध्यम मार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यवसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको समुपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताए । उनले यी दुई कम्पनीहरुका साथसाथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात व्यावसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बीआरआई सहकार्यमा समेत सार्थक योगदान हुने आशा गर्न सकिने अपेक्षा गरे ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको स्पष्ट पारे । उनले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्धारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा संचालन, वीन-वीन विकास प्राप्त गर्ने पनि आशा व्यक्त गर्नुभयो । साथै, तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने बाचा गरे ।

समारोहमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे । सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यका लागि स्वागत गरे ।

हिमालय एअरलाइन्स्को उड्डयन क्षेत्रको अनुभवलाई आत्मसात गर्र्दै यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्सको डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने व्यहोरा हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह– एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले बताए ।

आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसीटी प्रविधिहरु (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रि तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् । भविष्यमा हिमालय एअरलाइन्स्, हुवावे र अन्य तेश्रो पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहनेछ ।

Advertisement

Advertisement