तीन महिनामा दुई अर्बको मोवाइल आयात, कारण- भर्चुअल बैठक र अवैध आयात बन्द

Advertisement

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७।७८ को पहिलो ३ महीनामा रू. २ अर्बले मोबाइलको आयात बढेको छ ।

नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिकमा ९ अर्ब १८ करोडको मोबाइल फोन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको भन्दा रू। २ अर्बले बढी हो ।

Advertisement

चालू आवको ३ महीनामा कुल २० लाख २२ हजार फोन सेट आयात भएको देखिन्छ । गत वर्षको साउनदेखि असोजसम्म रू. ७ अर्ब १९ करोडका १३ लाख ४४ हजार मोबाइल सेट आयात भएका थिए ।

२ वर्षअघि मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गर्ने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको थियो । त्यही कारण आर्थिक वर्ष २०७४।७५ को तुलनामा त्यस वर्ष आयात घटेको थियो ।

अघिल्लो वर्ष केही नीतिगत सहजता भएपछि मोबाइल फोन आयातमा सुधार आएको थियो ।

अहिले समग्र आयात घटे पनि मोबाइल फोनको आयात भने बढेको छ । संघका अध्यक्ष एवम् सामसुङका लागि नेपालको आधिकारिक विक्रेता आईएमई ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार कोरोनाका कारण भच्र्युल छलफल बढेको र अवैधानिक आयात बन्द भएका कारण बजारमा मोबाइल फोनको माग बढेको हो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement