नेपालले धानबालीका लागि पैंचो मागेको मल बंगलादेशले नदिने, धान पाकिसक्यो

Advertisement

काठमाडौं । सरकारले गहुँबालीका लागि बंगलादेशबाट पैंचोमा रासायनिक मल ल्याउने बताए पनि सम्भावना टर्दै गएको छ । धानबाली लगाउने बेलामै रासायनिक मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बंगलादेशबाट पैंचोमा ल्याउने जनाएको थियो ।

यस विषयमा भदौ दोस्रो साता दुई देशका प्रधानमन्त्रीबीच मौखिक सहमति भएको थियो । तर दुई महिना बितिसक्दा पनि अहिलेसम्म समझदारीपत्र (एमओयू)को प्रक्रिया टुंगिएको छैन । 

Advertisement

कृषि सामग्री कम्पनीका अनुसार पैंचोमा मल आयात गर्न टेन्डर प्रक्रिया पूरा गरी ठेकेदार छनोट भए पनि आयात गर्न समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन । गत बिहीबार बंगलादेशले दुई विकल्प दिएर पुनः पत्र पठाएको छ । त्यसले प्रक्रिया थप लम्बिँदै गएको कर्मचारीहरू बताउँछन् । ‘सुरुमा रासायनिक मल खरिद गर्ने गरी कुरा भएको थियो । 

तर बंगलादेशमा त्यो चलन नभएपछि पैंचो मोडलमा कुरा अघि बढ्यो । त्यही गुणस्तरको मल पैंचोमा बुझाउने गरी टेन्डर प्रक्रिया पनि भयो,’ कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भने, ‘अहिले पैंचो मोडल पनि चलन छैन भन्ने जानकारी गरायो । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement