सहकारीका सञ्चालकले सम्पत्ति आफन्तको नाममा राखेका छन् । ‘आफन्तको नाममा राखेको छु, म बच्छु’ भनेर कसैले सोचिरहेको होला । आफन्त हिजो कति गरिब थियो ? रातारात कसरी धनी भयो भनेर हेर्ने संयन्त्र सरकारसँग छ ।’

सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने दोहोर्याएका छन् । 

शुक्रवार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीसँगको भेटका क्रममा उनले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् । 

Advertisement

आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लागेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताउँदै लामिछानेले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको बताए । उनले कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए । 

लामिछानेले सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने बताए । उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए । लामिछानेले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठग िगरेका मानिसहरुको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुवात हुने बताए । 

लामिछानेले भने, ‘सहकारी पीडितहरुलाई समाउने, कानूनी प्रक्रियामा लिएर जाने, अदालती प्रक्रियामा लिएर जाने कुराहरु हिजो पनि भएका हुन् । अझै पनि हुन्छ । जतिपनि फरार रहेका, सम्पर्कमा नआएकाहरुका केशमा हामी असाध्यै धेरै मेहनत र बल लगाएर काम गरिरहेका छौँ । मैले यो प्रश्ताव लिएर जानुको अर्थ के हो भने, सहकारी पीडितको बचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पती र तिनले आफन्तका नाममा राखेका सम्पती समेत खोजेर त्यस्ता सम्पती तत्काल रोक्का गरी यथाशिघ्र लिलाम गरेर गरिबको पैसा तिर्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ ।’

उनले थपे, ‘कानूनी प्रक्रिया, अनुसन्धानको लामो प्रक्रियामा जाँदा आजसम्म कयौँ मान्छेहरुले आफ्नो छोराछोरीको विद्यालयको फि तिर्न सकेका छैनन् । उपचारको पैसा तिर्न सकेका छैनन् । ऋण तिर्न सकेका छैनन् । व्यवसाय खत्तम भइसकेको छ । किनकि प्रक्रिया त चल्दैछ । कोही जेलमा छन् । कोही अदालतमा छन् । अदालतमा पनि तिनै तहमा जानुपर्ला । यी सबै कार्यान्वयन हुँदा मानिसको वर्षौ खेर गइसकेको छ । तर सरकारले नागरिकको पीडा त्यसरी हेरेर बस्न मिल्दैन । उनको सम्पत्ति छ । सम्पत्ति आफन्तको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु, म बच्छु भनेर कसैले सोचिरहेको होला । आफन्त हिजो कति गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने संयन्त्र सरकारसँग छ । अहिले हाम्रो फोकस भनेको स–साना वचतकर्तालाई प्राथमिकतामा राखौँ शुरुवातमा । उहाँहरुको समस्य अझ जटिल छ । जब सम्पत्ति रोक्का राखिन्छ । सरकारले कानून बनाएर तत्काल कार्यान्वयन गरेर त्यसलाई बेचबिखन गरेर बाँड्ने कामको शुरुवात गर्छ चाँडै नै यो समस्या समाधान हुन्छ ।’ 

लामिछानेले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरुका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए । 

Advertisement