उखुको समर्थन मूल्य ५४४ रुपियाँ किसानले मानेनन्, ६२० नबनाए आन्दोलन गर्ने

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपियाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल ६५ रुपियाँ २८ पैसासहित जोडेर प्रतिक्विन्टल समर्थन मूल्य ५४४ रुपियाँ तोकेर मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायलाई सिफारिस गर्ने तयारी गरेको हो ।

गत वर्षको तुलनामा कृषि मन्त्रालयले यस वर्ष प्रतिक्विन्टल ८ रुपियाँ बढाएर सिफारिस गर्ने तयारी गरेको छ । गतवर्ष सरकारले उखुको नगद अनुदानसहित प्रतिक्न्विटल समर्थन मूल्य ५३६ निर्धारण गरेको थियो । किसानको लागत खर्च र ढुवानी जोडेर गत वर्षभन्दा समर्थन मूल्य ८ रुपियाँ बढाई सिफारिस गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपियाँ निर्धारण नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘कृषि मन्त्रालयले प्रतिक्विन्टल ५४४ रुपैयाँ उखुको समर्थन मूल्यका लागि सिफारिस गर्ने तयारी गरेको छ । उखु किसानको लागत मूल्यमा र ढुवानी २० प्रतिशतभन्दा बढी मूल्य बढेको छ । प्रतिक्विन्टल ५४४ रुपियाँ मात्र हुने हो भने अब उखु किसानले उखु खेती नै गर्न छोड्ने छन् ।’

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement