कोका–कोलाले कोरोना संकटको सामना गर्न २ करोड ४ लाख सहयोग गर्ने

Advertisement

काठमाडौँ । नेपालमा कोका-कोलाले कोरोना संकटको सामना गर्न सरकारको प्रयासलाई सहयोग पुर्याउन र फैलिएको महामारीलाई रोक्न रु २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ । 

Advertisement

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने जनाएको छ । 

Advertisement

Advertisement