आज (कात्तिक ७)को राशिफलः तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको ७ गते आइतबार, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि । आज संयुक्त राष्ट्रसंघ दिवस रहेको छ ।

मेष
अरुको विश्वास आर्जन गर्न सक्दा भरोषा बढ्ने छ । नरम तथा लचिलो खालको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक सन्तुलन कायम रहने छ । परिवारमा द्वन्द निम्तिने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

Advertisement

वृष
नयाँ कामको थालनी हुने छ । आँटेका कामहरुमा प्रगति मिल्ने छ । दाम्पत्य जीवनमा मधुरता आउँदा खुशियाली छाउने छ । पेशागत जीवनमा भने केही उल्झनहरु आउने छन् । रिसालु व्यक्ति हुने भएकाले संयमित हुनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मिथुन 
पेशागत जीवनमा प्राप्त जिम्मेबारीको सफलता हुने छ । आर्थिक सन्तुलन कायम हुने छ । बोलीको प्रभाव बढ्ने छ । पेशागत क्षेत्रमा बोलीको प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । तर मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने अन्योलको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

कर्कट
पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नुपर्ने छ । मनमा आउने निराशाले उदासिनता बढाउने छ । मनोबलमा पनि केही गिरावट आउने छ जसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराउने छ । परिवारमा किचलो हुने र त्यसले सामाजिक प्रतिष्ठामा पनि गिरावट गराउने छ । शेयर क्षेत्र औसत रहने छ ।

सिंह
पेशागत जीवन जे जस्तो चलिरहेछ त्यस्तै रहने छ । आर्थिक पक्ष औसत खालको रहने छ । परिवारमा हासि मजाक र रसिलो वातावरण कायम हुने छ । विगतमा भएका निर्णयका कारण नतिजाहरु सहज खालका आउने छन् । शेयर क्षेत्र जोखिमपूर्ण देखिन्छ । 

कन्या
पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । पैतृक सम्पत्तिका बारेमा झण्झट उत्पन्न हुने छ । प्रेममा सफलता मिल्ने छ । नविन खालका विचारहरु आउने छन् । तर बोलीको प्रभाव घट्ने छ । यात्रामा कठिनाई झेल्नु पर्ने छ । प्राकृतिक प्रकोपका कारण दुःख झेल्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

तुला
पेशागत जीवनमा सन्तोष मिल्ने छ । आँटेका विषयमा सकारात्मक नतिजाका संकेतहरु आउने छन् । व्यक्तित्व दृढ खालको हुने छ । आर्थिक जीवनमा उन्नति हुने छ । परिवारमा प्रेम र मिलनको वातावरण छाउने छ । जीवनसाथिको प्रेममा बढोत्तरी हुने छ । शेयर क्षेत्रमा सतर्क रहनु पर्ने देखिन्छ ।

वृश्चिक
पेशागत जीवनमा धेरै जोखिम लिने समय रहेको देखिँदैन् । कार्य सफलतामा कमि आउने छ । आफन्तहरुबाट नै धोका हुने हुँदा संयमित रहनु होला । बौद्धिक क्षेत्रमा लम्कन मन लाग्ने छ । भाग्यले साथ नदिएका कारण उदासिनता बढ्ने छ । अपमानित हुने अवस्था आउने भएकाले विचार गरेर मात्र कदम चाल्नु होला । शेयर क्षेत्र औसत खालको रहने छ । 

धनु 
पेशागत जीवनमा बादबिबाद आदीबाट गुज्रनु पर्नेछ । अड्डा अदालत तथा प्रशासनिक झमेलामा धाउनु पर्ने हुन्छ । परिवारमा तनावको अवस्था आउने छ । गलत विषयमा आँट आदी आउने छ । समाजले गलत कार्य ठानेका विषयमा सँलग्न हुने खतरा देखिने भएकाले संयमित रहनु नै उपयुक्त हुन्छ । शेयर क्षेत्र केही अनुकुल रहने छ ।

मकर
पेशागत जीवनमा योजनाबद्ध उन्नति नहुँदा मनमा अशान्ति आउने छ । यात्रारत रहनु पर्ने छ । सामाजिक जीवन प्रभावशाली हुने छ । आर्थिक रुपमा सवल अवस्था रहने छ । परिवारको आड र भरोषाले गर्दा आड भरोषा मिल्ने छ । बौद्धिक क्षेत्र कदर मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

कुम्भ 
पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गर्दा जोखिम कम हुने छ । साथिहरुसँग द्वन्द हुनेछ भने प्रेममा धोका हुने चुनौति देखिन्छ । शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।

मीन
पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । अध्ययन अध्यापन तथा बौद्धि कार्यमा अभिरुचि बढ्ने छ । बाठो खालको व्यक्तित्व बन्ने छ । आर्थिक रुपमा सवलता प्राप्ति हुने छ । सन्तानका कामबाट सन्तेष प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा आउने ह्रासले भविष्यप्रति चिन्ता थपिदिने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement