राशिफलः आज (वैशाख १२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त

आज वि.सं.२०८१ साल वैशाख महिनाको १२ गते बुधबार, चैत्र वैशाख कृष्णपक्षको प्रतिपदा तिथि ।

Advertisement

मेष 
राम्ररी विचार गरेर मात्र निर्णय लिने ब्यक्तित्व हुने छ । विचारको स्पष्टताले गर्दा ब्यक्तित्वमा विनम्रता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा प्राप्त हुने छ । दाम्पत्य जीवनमा पनि सकारात्मक वातावरण बन्ने छ । भाग्यको साथ नरहेकाले धन नोक्सान हुन जाने समय सक्रिय रहेकाले संयम रहनु होला । पेशागत जीवन र ब्यवसायमा नोक्सानी ब्योहर्नु पर्ने समय चलिरहेकाले विचार गर्नु होला । शेयर बजार सकारात्मक बनेको छ ।

वृष 
आत्माबल बलियो हुने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने प्राप्त जिम्मेबारी राम्रोसँग निभाउने क्षमता पनि देखिने छ । ब्यक्तित्व दृढ बन्न जाने छ । भाग्यको बलियो साथ रहेकाले आम्दानीमा बृद्धि हुने छ भने पेशागत जीवनमा शुभ बृद्धि हुने छ । अनुसन्धान, शिक्षण, प्राध्यापन, बौद्धिक क्षेत्र, लेखन, दार्शनिक क्षेत्र जस्ता क्षेत्रमा आवद्धरुलाई समय सकारात्मक रहेकाले फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक देखिन्छ । 

मिथुन 
परिवारमा मिलन हुने छ । मनमा दुविधा हुने छैन् भने मनमा शान्तिको आभाष हुन जाने छ । पेशागत जीवनमा सकारात्मक समय रहेको छ । आम्दानीमा बृद्धि हुने छ । बोलीमा भने स्पष्टता आएता पनि अलि कडापन हुन जाने भएकाले विचार गर्नु होला । इन्जिनियरिङ्ग, उद्योग, कलकारखाना, श्रम बजार, सेवा क्षेत्र, केमिकल्स, विषादीको ब्यापार, सिमेण्ट, डण्डि, रड जस्ता क्षेत्रमा ब्यवसाय गरिरहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल देखिन्छ ।

कर्कट
परिवारमा द्वन्द देखा पर्ने छ । परिवारका सदस्यहरु बीच विषय वस्तुको हेराईमा अन्तर पर्न जाने भएकाले धन सम्पत्तिको परिचालनका विषयमा मनमुटाव हुने छ । पेशागत जीवन र ब्यवसायमा भने समय सकारात्मक नै देखिन्छ । मालबाहक सवारीसाधन, उद्योग कलकारखाना, सिमेण्ट, डण्डि, श्रम क्षेत्र, मजदुरी आदीमा सहभागिहरुलाई समय सवल बन्ने छ । ब्यक्तित्व अलि लुलो खालको हुने भएकाले अरुले हेप्ने छन् । शेयर बजार चुनौतिपूर्ण भएकाले संयमित हुनु पर्ने समय छ ।

सिंह
कर्मशिल ब्यक्तित्व बन्ने छ । आफ्नो पेशा तथा ब्यवसायप्रति समर्पित हुन मन लाग्ने छ । मान सम्मान तथा कदर प्राप्त हुने छ । ब्यवसाय र पेशामा फाइदा प्राप्त हुने छ । तपाइले गरेका कामहरुले नतिजा दिने भएकाले प्रतिष्ठा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा ह्वात्तै बृद्धि हुने छ । शत्रु नाश हुने छन् । साझेदारीमा गरिएका कामहरुमा भने लफडा मच्चिन पुग्ने छ । शेयर बजार सकारात्मक देखिएको छ । 

कन्या
आम्दानी बढ्ने छ । आम्दानी बृद्धि गर्नका लागि मनमा अनेकखाले उपाय र चिन्तनहरु आउने छन् । घर घडेरी, सेना, प्रहरी, खेल, शारीरिक क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । बौद्धिक क्षेत्रमा संलग्नहरुलाई तपाईले निर्वाह गर्नु भएको कामको उचित मूल्यांकन हुने छैन् । भाग्यको साथ रहेकाले आँटेका कामहरु भने पुरा हुने तर्फ नै जाने छन् । अध्ययन अध्यापनमा मन जाने छ । शेयर बजार अनुकुल नै देखिन्छ । 

तुला 
दृढ खालको ब्यक्तित्व हुने छ । तर अरुले अलि कडा स्वाभावको महशुस भने गर्ने छन् । कसैसँग नझुक्ने र नदब्ने विचार मनमा आउने छ । धन सम्पत्तिको बृद्धि हुन जाने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । आम्दानीको विषयमा अलि नकारात्मक सोचाई र विचारले प्रभावित पार्ने छ । चित्त बुझाउँदै अघि बढ्नु होला । कुटनीति, अनुसन्धान, गुप्तचरी, धार्मिक क्षेत्र, मनोपरामर्श क्षेत्र, पुरातात्विक क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजार धेरै उत्साहि हुने खालको छैन् ।

वृश्चिक
भाग्यको बलियो साथ रहेको छ । मनमा दृढता आउने छ तर उक्त दृढता नकारात्मक विचारतर्फ सोझिने भएकाले सकारात्मक चिन्तन गर्ने प्रयास गर्नु होला । शरीरमा शिथिलता उत्पन्न हुने छ । घर घडेरी, सेना, प्रहरी, सुरक्षा निकाय, फौज, सेक्युरेटी गार्ड, खेल जगत आदीमा सहभागिहरुलाई समय प्रतिकुल चलिरहेकाले धैर्यताको खाँचो देखिन्छ । मनोबलको कमि हुने भएकाले अरुले हेप्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामबाट भने लाभ मिल्ने छ । शेयर बजार विचार गरेर मात्र अघि बढ्नु पर्ने खालको छ । 

धनु 
अत्याधिक चिसोले सताउने छ । रोग ब्याधिको पनि डर भएकाले संयमताको खाँचो छ । मनमा एकतमासको नरमाईलो लागि रहने छ, खिन्नताले सताउने छ । पानी, आइसक्रिम, दुध, तरल पदार्थ, मदिरा, आयात निर्यात, लेखा क्षेत्रमा संलग्नहरुको हकमा समय प्रतिकुल रहेकाले विचार गर्नु होला । साझेदारीका कामहरुमा अबरोध र तर्कवितर्क ज्यादा हुन पुग्ने छ । दाम्पत्य जीवनमा पनि झैझगडा देखा पर्ने भएकाले धैर्यतासाथ मात्र ब्यवहार गर्नु उपयुक्त हुने छ । शेयर बजार सकारात्मक देखिएता पनि बढि उत्साहि हुने बेला भने देखिँदैन् । 

मकर 
चलाख दिमाग हुने छ । भित्रि बुद्धिको सक्रियताले आम्दानीमा बृद्धि हुने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । भाग्यको साथ रहेकाले सुख सुविधाजन्य अवस्था सृजना गर्न आँट आउने छ । मनोबल बढ्ने छ । रियल स्टेटको कारोवार, ठेक्का पट्टा तथा मजुदर परिचालन गर्नु पर्ने क्षेत्र तथा आँटिलो काम गर्ने क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । शेयर बजार औसत देखिएको छ । धेरै उत्साही नहुँदा उपयुक्त हुने देखिन्छ ।

कुम्भ 
बौद्धिक ब्यक्तित्वमा केही बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर मनमा भने अत्याधिक दुविधा देखा पर्न जाने छ । एक पछि अर्काे विचारको श्रङ्खलाले छोड्ने छैन, जसले गर्दा दुविधा धेरै हुने छ । उद्योग ब्यवसाय, कलकारखाना तथा कार्यालय आदीमा मजदुर समस्या वा श्रम समस्या देखा पर्ने छ । घर घडेरी तथा ठेक्का पट्टामा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल रहेको छ ।

मीन
सरल प्रकृतिको ब्यक्तित्व बन्ने छ । पारीवारिक जीवनमा शान्ति र मधुरता छाउने छ । तर आत्मबलको कमि हुने भएकाले लुलो ब्यक्तित्व देखा पर्ने छ । रिस छिटो उठ्न जाने भएकाले कामहरु बिग्रन जाने छन् । पेशात जीवन, तथा ब्यवसायमा अपर्झट लाभ प्राप्त हुने छ । श्रम जगत, श्रमिक, मेकानिक्स, भाडाका गाडि, सार्वजनिक सवारीसाधन, मर्मत, सरसफाई जस्ता क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला । शेयर बजार विचार गरेर मात्र पाइला चाल्नु पर्ने अवस्थामा रहेको छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement