आज (माघ ४)को राशिफलः कस्तो रहला तपाईंको आर्थिक कारोबार ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको ४ गते मंगलबार, माघ कृष्णपक्षको प्रतिपदा तिथि । 

मेष 
समयमा केही सुधार आउने छ । बोलीको प्रभावकारीमा बृद्धि हुने छ । रिस हुन जाने भएकाले यस विषयमा विचार नपुर्याए हानि व्योहर्नु पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ । आर्थिक लाभ पनि प्राप्त हुन जाने छ । मनमा दुविधाले भने छोड्ने छैन् । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष
दाम्पत्य जीवनमा मिठासता थपिने छ । सन्तान सुख पनि प्राप्त हुने छ । पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी र दायित्व राम्रोसँग निभाउन सकिने छ । आर्थिक अवस्थामा सुधार आउने छ । शेयर बजारबाट भने लाभ हुन सक्ने बन्ने छैन् ।

मिथुन 
मनोबलमा तिब्र गिरावट देखिने छ । दुविधात्मक शैलीको व्यक्तित्व हुने छ । सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न पाइने छ भने त्यसबाट सन्तोष मिल्ने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ । शेयर क्षेत्र औसत बन्ने छ । 

कर्कट
चतुर खालको बुद्धि मनमा आउने छ । धन सम्पत्तिको बृद्धिमा केन्द्रीत कुन मनमा तिब्रता बढ्ने छ । बोली पनि प्रभावकारी बन्न जाने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह
परिवारप्रति समर्पित रहने व्यक्तित्व बन्ने छ । बोलीमा नरमपना तथा शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर प्रकृतिको हुने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । व्यवस्थापकीय खुवीमा बृद्धि हुने हुँदा गरेका कामहरुमा सफलता प्राप्त हुने छ । शेयर क्षेत्र औसत हुने छ । 

कन्या
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोली प्रभावकारी बन्न जाने छ । पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिनु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बढोत्तरी हुने हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् ।

तुला
दृढताले भरिएको व्यक्तित्व हुने छ । तर कतिपय सन्दर्भमा आवश्यकता भन्दा बढि दृढतासमेत देखा पर्दा घमण्डि चरित्र देखिन जाने छ । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । साझेदारीमा  गरिएका कामहरुमा समस्या द्वन्दका क्रम देखिने छ । आर्थिक अवस्था मध्यम खालको हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

वृश्चिक
आम्दानीमा केही बृद्धि हुने छ । शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि बोलीमा भने कटुताको मात्रा रहने हुँदा यस विषयमा ध्यान दिनुहोला । पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । भाग्यले साथ दिएकाले धेरै प्रतिकुल अवस्था भने आउने छैन् । शेयर बजार औसत खालको हुने छ ।

धनु 
मनमा नकारात्मक विचारहरुले सताउने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने छ । विदेश यात्रा गर्ने विचार भए पनि व्यावहारमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । पेशागत जीवन मध्यम खालको हुँदा हुँदै पनि आर्थिक क्षेत्र भने चुनौतिपूर्ण बन्ने जोखिम देखिन्छ । बोलीमा कटुताको मात्रा देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर बजार औसत रहने छ । 

मकर 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा देखिने छैन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा जोखिमहरु कम हुन जाने छन् । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

कुम्भ 
आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवनमा देखा पर्ने अड्चनहरु हट्ने छन् । नयाँ नयाँ अवसरहरुको सुखद् संकेत मिल्ने छ । कामको कदर हुने छ । चिसोले सताउने छ, स्वास्थ्यसम्बन्धी विषयमा सजग रहनु नै उपयुक्त हुने छ । दाम्पत्य जीवनमा मधुरता देखिने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् । 

मीन 
बाठो खालको व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रा फराकिलो बन्ने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा लघुताभाष उत्पन्न हुन जाने छ । पेशागत जीवनमा अरुसँग जुधेर अघि बढ्नु पर्ने समय छ । आर्थिक अवस्था औसत रहने छ । झैझगडाको वातावरणबाट टाढा बस्दा नै उपयुक्त हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement