आज (माघ ११)को राशिफलः कस्तो रहला तपाईंको शेयर कारोबार, पेशा, व्यवसाय ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको ११ गते मंगलबार, माघ कृष्णपक्षको अष्टमी तिथि । आज भौमाष्टमी व्रत रहेको छ ।

मेष 
परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । आर्थिक पक्ष सन्तोषजनक रहने छ । पेशागत क्षेत्र औसत अवस्थाबाट गुज्रने छ । व्यावसायीक जीवनमा भने कठिनाईहरुको सामना गर्नु पर्ने छ । श्रम क्षेत्रमा समस्या देखा पर्ने छ । सवारीसाधन चलाउँदा निकै ख्याल गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष 
लिइएका लक्ष्यहरु पुरा हुने छन् । आम्दानीमा केही बृद्धि हुने छ भने त्यसले उत्साह बढाउने छ । मेहनति र पराक्रमीपनामा बृद्धि हुने छ । परिवारको साथ मिल्ने छ । पेशागत जीव औसत खालको हुने छ  यात्रामा निस्कनु पर्ने छ । कतिपय सन्दर्भमा विवादमा सँलग्न हुनु पर्ने अवस्था आउने देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ ।  

मिथुन 
मनमा दृढताको मात्रा बढ्न जाने छ भने कार्य सम्पादनमा सफलता मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिष्पर्धीहरु माझ जुध्न तागत मिल्ने छ । अरुले हेप्न सक्ने छैनन् । दाम्पत्य जीवनमा मिठासपना देखिने छ । पेशागत जीवनमा गरेका कामको उचित मूल्यांकन नहुँदा मनमा खल्लोपना आउने छ । शेयर बजार औसत रहने छ ।


कर्कट
आर्थिक कारोवारका विषयमा होशियारी साथ गर्नु होला । आर्थिक जीवनमा चुनौति देखिन जाने छ । मनोबलमा बृद्धि हुने छ भने दृढ खालको व्यक्तित्व बन्ने छ । तर अरुले अलि कडा खालको मानिस भनि चित्रण गर्ने भएकाले यसबारेमा भने सतर्क रहनु होला । साझेदारीका क्षेत्रमा सकारात्मक नतिजा आउने छन् । शेयर बजारबाट लाभ हुन सक्ने छैन् ।

सिंह
धन सम्पत्तिको उपयोगबाट सन्तोष मिल्ने छ । प्रतिष्पर्धात्मक क्षेत्रमा हल्का सवलता आउने छ । ब्यक्तित्वमा आउने गिरावटले फित्तलो व्यक्तित्व बनाउने हुँदा यसबारेमा ध्यान दिनु होला । शरीरिक कमजोरी देखा पर्ने छ भने मानसिक रुपमा पनि दुविधा रहि रहने छ । पेशागत जीवन भने सन्तोषजनक नै रहने छ । पेशामा अरुले राम्रो मूल्यांकन गर्ने छन् । शयर बजार शुभ बन्न सक्ने छैन् ।

कन्या
दृढ खालको मनोबल हुने छ । आम्दानीमा बृद्धि हुने छ । नेतृत्व क्षमतामा तिब्रता आउने छ । पेशागत जीवन भने सोचे जस्तो प्रगति नहुँदा मनमा असन्तोष आउने छ, त्यसैले संहालिँदै अघि बढ्नु होला । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ । शेयर बजारबाट आशातित सफलता हुन कठिन हुने छ ।

तुला 
भाग्यको साथ रहेको छैन् । पेशागत तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । ब्यक्तित्वमा गिरावट आउँदा अरुले हेप्ने छन् । बोलीको प्रभावमा पनि कमि आउने भएकाले संयमित रहेर बोल्ने गर्नु उपयुक्त हुने छ । शेयर क्षेत्रमा धेरै जोखिम नलिनु उपयुक्त हुने छ ।

वृश्चिक
चतुर व्यक्तित्व हुने छ । भाग्यको बलियो छ । कठिनाईहरुबाट पार पाउन यस बेला मद्धत पुग्ने छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा दुविधाको मात्रा देखिा पर्न जाँदा पेशागत क्षेत्रमा निर्णय लिन कठिन हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

धनु 
पेशागत जीवन सकारात्मक तथा स्थिर हुने छ । आर्थिक पक्ष मध्यम रहने छ । दाम्पत्य जीवनमा असमझदारी देखा पर्ने भएकाले मनमा उत्साहको कमि आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि ल्याई दिने छ । शेयर बजार औसत खालको रहने छ ।

मकर 
पेशागत जीवन सकारात्मक रहने छ । ब्यक्तित्व बोल्ड खालको रहने छ । मनमा भने उत्साहको कमि देखिने छ । कर्मको जीवनमा उत्साह एवं उमङ्गको कमि देखिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सकारात्मक नतिजा दिने छ । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छन् । शेयर बजारबाट लाभ मिल्ने छ ।

कुम्भ 
पेशागत जीवनमा ठिक्क गतिमा पाइला चाल्नु होला । सम्पत्तिमा नोक्सानी हुने अवस्था देखिएकाले संयमित रहनु होला । भाग्यको साथ रहेकाले नयाँ नयाँ कामको शूरुवात हुने छ । मनोबल बृद्धि हुने छ । मनमा उत्साहको लहर आउने छ । तर रिसको मात्रा धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्नु होला । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छैन् ।

मीन
बोल्ड ब्यक्तित्व हुने छ । आत्माबल बलियो हुने भएकाले सबै खाले परिस्थितिसँग जुध्न साहस मिल्ने छ । पेशा तथा ब्यापारमा आशा गरे जस्तो सफलता र नतिजा भने प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु नै उपयुक्त हुने छ । मनमा भने उदासिनता र चिन्ताले सताउने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement