आज (असार ८)को राशिफलः तपाईंको आर्थिक तथा व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असार महिनाको ८ गते बुधबार, आषाढ कृष्णपक्षको नवमी तिथि ।

मेष 
पेशागत जीवनमा अवरोधहरु कायम रहने छन् । आर्थिक रुपमा तनाव र दबाब झेल्नु पर्ने छ । मनमा भविष्यप्रतिको चिन्ता आवश्यकता भन्दा बढि आउँदा उदासिनता बढ्ने छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

Advertisement

वृष
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोगमा सन्तोष मिल्ने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । जसले गर्दा दुविधात्मक शैलीको व्यक्तित्व हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

मिथुन 
पेशागत जीवनमा शुभता बृद्धि हुने छ । तर अफिसियल्ली अनावश्यक विवादका कारण तनाव भने उत्पन्न हुने छ । मनोबलमा बृद्धि हुने सँगै आक्रामक स्वाभाव पनि बन्ने भएकाले यसबारेमा ध्यान दिनु होला । शेयर बजारबाट लाभ मिल्ने छ । 

कर्कट
पेशागत जीवनमा लाभ प्राप्त हुन जाने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । दाम्पत्य जीवनप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन सकिने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

सिंह
भाग्यले साथ दिएकाले शुभताहरु बृद्धि हुने छन् । पेशागत जीवनमा सफलता मिल्ने छ, कदर हुने छ । यात्रामा भने कठिाईको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । परिवारको साथ मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
बोली प्रभावकारी बन्न जाने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । धन सम्पत्तिको बृद्धिमा केन्द्रीत कुन मनमा तिब्रता आउने छ । शेयर बजारबाट फाइदा हात पर्ने छ ।

तुला 
आर्थिक रुपमा खर्च धेरै हुने र आम्दानी कम हुँदा सन्तुलनमा कठिनाई आउने छ । अपमान वा भोग्नु पर्ने भएकाले कम बोल्ने वा झमेलामा नपर्नु नै बुद्धिमानी हुने छ । पारीवारिक जीनमा कलह र झैझगडाको अवस्था आउने छ । जीवनसाथिको भने साथले राहत मिल्ने छ । शेयर बजारमा गुमाउनु पर्ने अवस्था आउने छ । 

वृश्चिक
शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि बोलीमा कटुताको तत्व रहने हुँदा यस विषयमा ध्या नदिनु होला । आम्दानीमा केही बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुन जाने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

धनु 
आम्दानी सोचे जस्तो बृद्धि नभए पनि गिरावट पनि आउने छैन् । ब्यापार विजनेशमा नयाँ उत्साहको लहर आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । सामाजिक रुपमा सक्रिय हुन मन लागे तापनि कदर कम हुन जाँदा खिन्न बनाउने छ । निन्द्रामा समस्या देखिने छ । शेयर बजार आंशिक सकारात्मक बन्ने छ । 

मकर 
विदेश यात्रा गर्ने विचारले तिब्रता पाउने छ । पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि केही बृद्धि देखिने छ । मनमा नकारात्मक विचारहरुको श्रृङ्खलाले गर्दा उदासिनताको मात्रा बढ्न जाने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । बोलीमा कटुताको मात्रा आउने हुँदा झैझगडाको अवस्था आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

कुम्भ 
सामाजिक वृत्तबाट अपेक्षाकृति सरसहयोग प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने वातावरण तयार हुने छ । आर्थिक रुपमा सन्तोष प्राप्त हुने छ भने पेशागत जीवन पनि सन्तुलित रहने छ । जीवनसाथिको साथले पेशागत जीवनमा उन्नति हुने छ । बोलीमा भने केही संयमित रहनु ठिक हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मीन
चतुर खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अरुसँग जुधेर जबरजस्ती अघि बढ्नु पर्ने समय छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने बुझाईको मात्रा फराकिलो बन्ने छ । प्रतिष्पर्धीहरुको मनोभावना बुझेर सन्तुलित गर्न सक्ने क्षमता कायम रहने छ । अरुको कुरा धेरै सुन्ने बानीले कामकुरो भने बिग्रन जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement