दराजको सेल डे ११.११ ले तोड्यो सबै रेकर्ड

Advertisement

काठमाडौं । नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसार कै सबै भन्दा ठुलो सेल ११.११ सफलता पूर्वक पुरा गरेको छ । दराजले पुरानो वर्षकै रेकोर्ड तोड्दै यसपाली १।५ लाख भन्दा बढी समानहरुको व्यापार देखेको छ जस्मध्ये ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेका छन् ।

यसपाली को ११।११ दराजले नेपाल भरी २४ भन्दा बढी शहरहरु बाट अर्डर पाएको छ । त्यसका साथ दराज एप र वेबसाइट मा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोर को भन्दा ७५ प्रतिशत बढी हो । साथै सेल को बेला दराजको वेबसाइट मा ५२,३३,३४४ पेज भ्यू थियो ।

यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०,००० भन्दा बढी उपभोक्ता थिए । सबै भन्दा बढी व्यापार गर्ने ब्रान्डहरुमा शायोमी, सामसङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशर, र अन्य धेरै थिए। अभियान सुरु भएकै १–२ सेकेन्ड भित्रैमा अर्डर आउनुका र एक घण्टा मा ८००० भन्दा बढी अर्डरका साथ अझै धेरै रेकर्ड हरु यस वर्ष तोडियो ।

११.११ को मज्जा लुट्न नपाउनु भएका लागी दराजमा अझै कति बिक्रेताहरुले छूट को अफरहरु चलाइरहेका छन् र जो आफ्नो अर्डरलाइ कुरी राखेका छन् उनले दराज एपमा अर्डर चेक गर्न सक्नेछन् ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो चोटी ११.११ आयोजना गरेको थियो । अलिबाबाले यसपाली को ११.११ मा ३८ अरब डलर भन्दा बढी को व्यापार गरेको छ ।

Advertisement

Advertisement

Advertisement