हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । 

आज एक समारोहका बीच हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

Advertisement

दुई बैंक सञ्चालन समितिको निर्णय अनुसार  हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने छन् । सिभिल बैंकका सीइओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ ।

सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेमा मंगलबार रातिमात्रै सहमति जुटेको हो । 

हिमालयनको चुक्ता पूँजी १२ अर्ब ९६ करोड  ८७ लाख २५ हजार  ७२५ रुपियाँ र सिभिलको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपियाँ छ । 

यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्ज सम्झौता भए पनि भाँडिएको थियो । 

राष्ट्र बैंकले असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा खोस्ने निर्देशन दिएपछि अहिले वाणिज्य बैंकहरू धमाधम मर्जरको प्रक्रियामा छन् । 

Advertisement

Advertisement