संसदीय छानबिन समितिको बैठक बस्दै, अर्थ र राजस्व सचिवसँग सोधपुछ

Advertisement

काठमाडौँ- करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्नेछ। बिहीवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुननसकेकोे बताएको थियो।

Advertisement

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

Advertisement

Advertisement