आर्थिक वृद्धिको सरकारी आँकलनसँग एडिबीको तथ्यांक मिल्यो

Advertisement

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले गत आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ८४ प्रतिशत आर्थिक वृद्धि भएको बताएको छ । एडिबीले पहिलोपटक सरकारी तथ्यांकअनुसार नै आर्थिक वृद्धिको तथ्यांक सार्वजनिक गरेको हो । विगतमा विश्व बैंक र एडिबीले गर्ने प्रक्षेपण र तथ्यांक केन्द्रिय तथ्यांक विभागसँग मेल खाँदैन थियो । 

बिहीबार एडिबीले एसियन डिभलपमेन्ट आउटलुक २०२२ को परिशिष्टांक प्रकाशित गर्दै नेपालमा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि भएको बताएको हो। यसअघि गत अप्रिलमा प्रकाशित एसियन डिभलपमेन्ट आउटलुकले नेपालमा ३ दशमलव ९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।

Advertisement

'नेपालमा कोभिडविरुद्धको खोप अभियान प्रभावकारी भएकाले आर्थिक गतिविधिहरू सामान्य अवस्थामा फर्किएको र सरकारको आर्थिक नीतिका कारण उच्च आर्थिक वृद्धि देखिएको छ,' प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको लागि एडिबीले गरेको आर्थिक वृद्धिको प्रक्षेपणलाई भने ५ प्रतिशतमा कायमै राखेको छ। चालू आर्थिक वर्षमा मनसुन सामान्य हुने, कृषिमा मल तथा बिउकोे समयमै उपलब्धता हुने तथा संघीय तथा प्रादेशिक चुनाव सहज रुपमा हुने अपेक्षा गरिएको एडिबीले जनाएको छ।

Advertisement

Advertisement