प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर,  १ः१ स्वाप रेसियोमा सहमति

Advertisement

काठमाडौँ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा आज साँझ हस्ताक्षर भएको छ । 

होटट मेरियटमा मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आज दिउँसोदेखि दुबै बैंकका सञ्चालकहरु  मर्जर सम्बन्धी छलफलमा जुटेका थिए । 

Advertisement

साँझ मात्रै सहमति जुटेको र आजै प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रभु र सेञ्चुरी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । 

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपियाँ र सेञ्चुरी बेंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रहेको छ । 

मर्जर पछि बन्ने बैंकको नाम प्रभु बैंक नै हुने सहमति भएको बुझिएको छ । सात सदस्यीय संचालक समितिमा ४ जना प्रभु बैंक र तीन जना सेञ्चुरी बैंकबाट हुने छन् । सीईओमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने एक सञ्चालकले बताए । सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुने सहमति बनेको छ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् । 

राष्ट्र बैंकले यसअघि असार मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने व्यवस्था गरे पनि मौद्रिक नीति मार्फत उक्त अवधि थप भएपछि दुई बैंकबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

 

Advertisement

Advertisement