डिशहोमका सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने

Advertisement

काठमाडौँ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको छ । 

अब आइएमई पे, ईसेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ । रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको हो त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने हुन्छ । 

Advertisement

जस्तै, डिशहोम डीटीएच खमात्र प्रयोग गरेको हो भने टिभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । 

त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको भने, इन्टरनेट सेग्नेमन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिने छ । 

फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिनु भएको भने यसको लागि पनि टिभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा  क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 
 

Advertisement