जीवन बीमाप्रति आकर्षण बढ्दैः सर्वेक्षण, मुख्य भूमिका अभिकर्ताकै

Advertisement

काठमाडौं । जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स नामक कम्पनीले आफूले गरेको सर्वेक्षणबाट देखिएको बताएको छ । 

कम्पनीका अनुसार ८९ प्रतिशतले आवश्यकताले, आठ प्रतिशतले अभिकर्ताको दबाबमा र तीन प्रतिशतले देखासिखिमा बीमा गरेको देखिएको छ । 

Advertisement

त्यस्तै, ३७ प्रतिशतले आफै, ६१ प्रतिशतले अभिकर्ताको सम्पर्क तथा तीन प्रतिशतले अरुको देखेर बीमा गरेको पत्ता लागेको, खरिद गरेको बीमा पोलिसिको छनोट गर्दा ८० प्रतिशतले आफै, १८ प्रतिशतले अभिकर्तामार्फत र दुई प्रतिशतले केही थाहा नपाई छनोट गरेको सर्वेक्षणबाट देखिएको छ । 

त्यस्तै,  बीमा कम्पनी छनोट गर्दा ७९ प्रतिशतले थाहा पाएर, २७ प्रतिशतले अलि अलि मात्र थाहा पाएर र तीन प्रतिशतले थाहा नपाई बीमा गराउने गरेको देखिएको छ । सर्वेक्षणबाट जीवन बीमाको दायरा बढेको पुष्टि गरेको कम्पनीका अध्यक्ष रमेश भट्टराईले जानकारी दिए ।


बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई सल्लाह दिने उद्देश्यले स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले गत चैत्रमा ३१ जिल्लाको ४८ स्थानमा बीमासम्बन्धी गतिविधिलाई लिएर सर्वेक्षण गरेको जानकारी दिएको छ । जीवन बीमा गरिसकेका ४९२ जना बीमितसँग गरिएको सर्भेक्षणमा १९० जना महिला र ३०२ जना पुरुष सहभागी थिए ।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्वेमा समावेश गरिएको, ५० जना सहयोगी कर्मचारीहरुलाई सहभागी गराइएको भन्दै कम्पनीले सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गएको देखिएको निष्कर्ष निकालेको छ । बीमाको दायरा १० वर्षभित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

Advertisement