काठमाडौँ । वाणिज्य बैंकहरुमा भदौ महिनाको तीन दिनमै ७ अर्ब निक्षेप घटेको छ । त्यसैगरी कूल कर्जा लगानी भने १ अर्ब बढेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार भदौ महिनाको ३ गतेसम्म गत महिनाभन्दा कूल निक्षेप घटेर ४४ अर्ब २६ अर्बमा झरेको छ ।
साउन महिनामा कूल निक्षेप १ खर्ब ८ अर्ब रुपियाँ घटेर ४४ खर्ब ३३ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।
त्यसैगरी साउन महिनामा कूल लगानी २ अर्ब बढेको थियो । साउन ३१ गतेसम्म कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब पुगेको थियो ।
गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।
वाणिज्य बैंकहरुमा साउन महिनामा १ खर्ब ८ अर्ब निक्षेप घट्यो, २ अर्बले बढ्यो कर्जा लगानी