प्राध्यापकलाई मरणासन्न हुनेगरी कुट्ने सत्ताधारी नेविसंघले त्रिविको पत्रकार सम्मेलन बिथोल्यो

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको पत्रकार सम्मेलन सत्ताधारी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले विथोलेको छ । विश्वविद्यालयमा लामो समयदेखि अराजक गतिविधि गर्दै आएका व्यक्तिहरु संलग्न भई पत्रकार सम्मेलन बिथोल्ने काम गरेको हो । 

यो समूहले केही दिनअघि विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा समेत तोडफोड गरेको थियो । पत्रकार सम्मेलन बिथोल्ने कार्यको नेतृत्व यसअघि सोही विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने योगेन्द्र रावल, हरि आचार्यले गरेका थिए । सत्ताको पहुँचको बलमा अहिलेसम्म खुलेआम हिंडदै आएका उनीहरुविरुद्धको मुद्दा गृहमन्त्रीले खारेज गर्ने प्रयास गर्दै आएका छन् । यसअघि आक्रमणमा संलग्नहरु केही बर्ष फरार थिए । आक्रमणका कारण चलाउने लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका छन् । 

Advertisement

आज त्रिविले पत्रकार सम्मेलन गर्न खोज्दा योगेन्द्र रावल, हरि आचार्य नेतृत्वको समूहले नाराबाजी गर्दै प्रशासनलाई धम्क्याउने काम गरेको थियो । नेविसंघको नाराबाजीपछि अन्य पार्टीका विद्यार्थी संगठनले पनि नेविसंघको विरोधमा नाराबाजी गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको थियो । 

घटनापछि प्रहरीले रुपेश शाह, रविनकुमार लामा, सयुस श्रेष्ठ, निरज राना मगर र दीपक ओझालाई पक्राउ गरेको थियो । 

Advertisement

Advertisement