कुर्कुरे, कुर्मुरे, लेज, चुरोट, हिरा, रंगिन टिभीको आयात खुल्यो, गाडी, मोवाइलको प्रतिवन्ध कायमै

Advertisement

काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय फेरि लम्ब्याएको छ । यस्तो प्रतिवन्ध आज भदौ १४ सम्म कायम रहेकोमा पुनः लम्ब्याउने निर्णय गरिएको हो । 

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  असोज २८ सम्म आयात प्रतिवन्धको समय थप गरेको हो । यसअघि उद्योगमन्त्रीले नै यस्तो प्रतिवन्ध हट्ने आश्वासन दिएपछि सम्वन्धित व्यवसायी केही खुशी भएका थिए । तर आजको निर्णयले उनीहरु आश्चर्यमा परेका छन् । 

Advertisement

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध यथावत राखिएको छ । 

जसअनुसार कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाएर महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात प्रतिवन्ध कायम राखिएको छ । 

व्यवसायीहरुले विदेशी मुद्राको संचितिमा परेको चाप पनि कम भएकाले दशैंका लागि आयात प्रतिवन्ध हटाउन दबाब दिँदै आएका थिए । कतिपय व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका थिए । तर महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात

Advertisement

Advertisement