राष्ट्रिय बीमा कम्पनीको सीईओमा बराल नियुक्त

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बराललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीले खुला प्रतिपष्र्धाबाट सीईओको माग गर्दा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङ भएका थिए । तीन जनामध्ये कम्पनी सञ्चालक समितिले बराललाई सीईओ नियुक्त गरेको हो ।

बरालसँग बैंक वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरिसकेका छन् ।  

कम्पनीको सीईओमा हाल अर्थ मन्त्रालयका सह सचिव ज्ञानेन्द्र ओझा छन् ।

कम्पनीले नयाँ सीईओमा बराललाई नियुक्ति गर्ने निर्णय सहित बीमा समितिमा पत्राचार गर्ने र बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि बरालले कार्यभार सम्हाल्ने छन् ।  


 

Advertisement