बिहे नेपाल भीआईपी क्लब उद्घाटन, वेलकम इभेन्टसँग समझदारी

Advertisement

काठमाडौं । बिहे नेपाल क्लब सञ्चालनमा आएको छ । बिहीबार आयोजित कार्यक्रममा उद्घाटन हुनुका साथै वेलकम इभेन्ट म्यानेजमेन्टसँग समझदारीपत्रमा हस्ताक्षर पनि भयो  । नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भीआईपी क्लबको भिडियो रिमोटले स्विच गरेर यसको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बिहे नेपालकी निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टकी रिजा पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । श्रद्धा र श्रीया दुई इञ्जिनिएर मिलेर म्याट्रोमोनियल एप तयार गरेका छन् । बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोगमार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको जनाइएको छ । 

Advertisement

यस एपको प्रयोगमार्फत विश्वभरका अविवाहित नेपालीहरूले आफ्नो लागि उपयुक्त जोडी खोजी गर्न सक्छन् । नयाँ एपको लेआउट, भीआईपी क्लब एवं एपमार्फत इभेन्ट बुकिङ र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू घोषणा गर्न पाउँदा उत्साहित रहेको बताउँदै बिहे नेपालले यस क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आवद्ध हुनसक्ने, अनिवार्य रुपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भिआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सक्ने जनाएको छ ।  

भिआईपी सदस्यहरूले भिआईपी लगायत स्टाण्डर्ड सदस्यहरुको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाईन भेट्घाट समेत गर्न पाउने छन्।

बिहे नेपाल प्रालि तथा वेल्कम इभेन्ट म्यानेज्मेन्टबीच समझदारी भएअनुसार प्रयोगकर्ताहरूले बिहे नेपाल एपमार्फत वेलकम इभेन्ट म्यानेजमेन्टले व्यवस्थापन गर्ने मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोहका लागि आवश्यक पर्ने क्याटेरिङ, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ, तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन।

बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ जसको प्रयोगले आवद्ध भएका कम्पनीहरुद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफी र थप धेरै सेवाहरु लिएमा उपहार र छुट प्राप्त गर्न प्रयोग गर्न सकिने जनाइएको छ । 

Advertisement

Advertisement